बच्चालाई शारीरिक तथा मानसिक विकासको लागि सन्तुलित खानपानको आवश्यक्ता हुन्छ तर बच्चाले खान मान्दैनन् । अझ सागपातमा उनीहरुलाई अभ्यस्त गराउन गाह्रो हुन्छ । बच्चाहरु अस्वस्थ्यकर खानेकुरा चकलेट, मीठाई, जंकफूडमै बढी जोड दिन्छन् तर ताजा फलफूल, सब्जी, दही, दुध रुचाउँदैनन् ।
– बच्चालाई जतिबेला उनीहरुको जिब्रोमा अन्य खानेकुराको स्वाद भिजेको हुँदैन त्यतिबेलादेखि नै स्वस्थ्यवद्र्धक खानेकुरामा अभ्यस्त गराउनुपर्छ ।
– बच्चाको खानामा सब्जी, फल, दाल, सलाद समावेश गर्नुपर्छ । सानैदेखि उनीहरुलाई चिल्लो, तारेको, मसलेदार खाना बानी पार्नु हुँदैन ।
– खानेकुरा राम्ररी सजाएर सर्भ गर्नाले पनि उनीहरु लोभिन्छन् ।
– बच्चालाई खाना ख्वाउनका लागि प्रोत्साहित गर्नुपर्छ, जबरजस्ती गर्ने होइन ।
– यदि बुझ्ने अवस्थाका बच्चा छन् भने उनीहरुलाई भान्सामा लगेर खानेकुरा पकाउने काममा सहभागी गराउन सकिन्छ । यसले उनीहरु खुसी हुन्छन् र आफैले बनाएको खानेकुरा खाने रहर पनि जाग्छ ।
– खानेकुरा किनमेल गर्नका लागि पनि बच्चालाई सहभागी गराउन सकिन्छ । उनीहरुलाई सब्जी छनौट गर्न लगाउने र खरिद गरिदिने गर्नुपर्छ । आफूले खरिद गरेको खानेकुरा खान उनीहरु रमाउँछन् ।
– बच्चाको खानामा पर्याप्त पोषक तत्व हुनुपर्छ ।













