एकजना युवक आफूलाई सधैँ युवा छु भन्ने देखाउन चाहन्थ्यो । उसलाई कसैले सोध्यो—
तपाईं कति वर्षको हुनुभयो ?
उसले जवाफ दियो— म उन्नाइस वर्ष लागेको पनि बीस वर्ष भयो ।
साह्रै जिद्दी रहिछन्
दिपक एक दिन स्कुलमा ढिलो पुगेछ । त्यो देखेर प्रिन्सिपलले अफिसमा बोलाएर सोधेछन्—
प्रिन्सिपलः तिमी किन ढिलो स्कुल आएको हँ ?
दिपकः बाइकको टायर पन्चर भयो, त्यसैले ढिलो भयो सर ।
प्रिन्सिपलः अनि हिँडेर आउन सक्दैनौ त ?
दिपकः मैले पनि त्यसै भनेको हो सर ! तर ….
प्रिन्सिपलः के तर ?
दिपकः के गर्नु तपाईंकी छोरी साह्रै जिद्दी रहिछन् ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













