एउटा क्याम्पसमा अलि बढी उमेर भएकी एउटी महिला भर्ना भइछिन् । सबै युवायुवतीहरुले ती महिलालाई आन्टी भनेर बोलाउन थालेछन् । केही महिनासम्म सहेर नै हिँडिन् तर एक दिन उनलाई साह्रै रिस उठेछ र प्रिन्सिपललाई उजुर गरिन् । प्रिन्सिपल रिसाएर क्लास रुममा गएर भने— कसकसले उनलाई आन्टी भन्छौ ? एक एक गरेर उठ । सबै विद्यार्थीहरु एक एक गरेर उठे तर एक जना युवक भने बसिरहेको देखेर प्रिन्सिपल खुशी हुँदै सोधे— किन भाइ तिमी उनलाई आन्टी भन्दैनौ ?
त्यो केटाले जवाफ दियो— मलाई सबै साथीहरुले अङ्कल भन्छन् सर ।
प्रियासँग बस्छु
कक्षामा श्रीकृष्ण अलि चञ्चल स्वभावको थियो । एकदमै होहल्ला भइरहेको बेलामा सर पढाउन आउनुभयो । यस्तो हल्ला देखेर भन्नुभयो— कृष्ण, तिमी हल्ला नगरी शान्तिसँग बस त ।
श्रीकृष्णले भन्यो— सर ! आज त शान्ति नै स्कुल आएकी छैन, म प्रियासँग बस्छु हुन्न सर ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













