बिना मेकअप पनि छालालाई मुलायम र चम्किलो बनाउने तरिका छन् । त्यसको लागि केही सर्त भने पालना गर्नुपर्छ —
१. स्तरीय फेसवास प्रयोग गरेर दिनमा दुई पटक राम्ररी अनुहार सफा गर्दा यसले प्राकृतिक सुन्दरता प्रदान गर्छ ।
२. अनुहार रगड्नाले मृत कोशिका निस्कन्छ र ताजगी आउँछ । छालाको मृत कोशिका हटाउने तत्वयुक्त फेसवास छनौट भने गर्नुपर्ने हुन्छ ।
३. अनुहारमा पटक–पटक छोइरहँदा छालाको गुणवत्तामा धेरै असर गर्छ । हातको माध्यामबाट अनुहारमा ब्याक्टेरिया फैलन्छ ।
४. हरेक रात अनुहार धोएर धेरै पोषकतत्व भएको मोश्चराइजर लगाउनाले छालामा चमक आउँछ ।
नोटः जहिले पनि आफ्नो छालाको प्रकृति अनुसारको मोश्चराइजर छनौट गर्नुपर्छ ।













