एउटा पत्रकारले एक चर्चित गायकसँग अन्तर्वार्ता लिने क्रममा प्रश्न गरेछन्— उत्साह र उमङ्गले भरिएका गीतहरुपछि चोट र वेदनाले भरिएका गजलहरु गाउन थाल्नुभयो, यो परिवर्तनको कारण के होला ?
विवाहः गायकले गम्भीर हुँदै भने ।
ढुकुटीमा बाढी आउँछ
प्रतिनिधि सभाको बजेट अधिवेशनमा एकजना माननीय सदस्यले सुझाव दिए— अब नयाँ कर लगाउने हो भने महिलाहरुको सौन्दर्यमा लगाइयोस् ।
तर के महिलाहरुले सजिलैसँग कर तिर्छन् त ? एउटाले शंका व्यक्त ग¥यो ।
अर्काेले भन्योः होइन, उनीहरुमा अझ होड चल्नेछ । बरु जुन महिला जति सुन्दर छिन् उति नै बढी कर तिर्नुपर्ने नियम बनाइयोस्, यसो भएमा ढुकुटीमा रुपैयाँको बाढी आउँछ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













