बच्चालाई जब कुनै समस्या हुन्छ त्यसपछि दुःख दिन्छ । यदि उसलाई राम्ररी ख्याल गर्ने, सही समयमा सुताउनु, खुवाउने, सफा गरिदिने हो भने बच्चाले दुःख दिँदैन । यसमा बच्चाभन्दा हामी अभिभावक नै जिम्मेवार हुन्छौं । त्यति गर्दा गर्दै पनि कतिपय बच्चा राती रुने, नसुत्ने जस्ता गतिविधिले अभिभावक हैरान हुन्छन् । किन बच्चा सुत्दैन, बच्चाको निन्द्रा किन खलबलिन्छ ?
– प्रायः बच्चा भोक लागेपछि ब्युँझन्छन् । उनीहरुलाई ठीक–ठीक समयमा ख्वाइरहनु पर्छ ।
– ओछ्यान अप्ठ्यारो भयो भने वा कुनै कुराले अप्ठ्यारो गरेको, थिचिएको, च्यापिएको छ, धेरै गर्मी वा जाडो भएको छ भने बच्चाहरु सुत्दैनन् ।
– आसपासको होहल्ला, दुर्गन्ध आदिले पनि बच्चालाई राम्ररी सुत्न दिदैन ।
– बच्चाले दिसा–पिसाब गरेको छ भने निन्द्रा खलबलिन्छ ।
– शारीरिक पीडाले पनि बच्चाको निन्द्रा बिथोलिदिन्छ त्यसको लागि बच्चामा कुनै समस्या आयो कि भनेर ध्यान दिनुपर्छ ।













