दुई केटो र केटी एक आपसमा कुरा गर्दै थिए—
केटोः म तिमीलाई न छोइकनै किस खान सक्छु नि !
केटीः यो त हुनै सक्दैन ।
केटोः त्यसो भए लौ १००–१०० रुपैयाँको बाजी थापौँ ।
केटीले मानेपछि केटोले उसलाई च्याप्प समात्यो र मज्जाले किस खायो ।
केटीः तिमीले नछोईकन कि खान्छु भन्थ्यौ, छोयौ त !
केटोः ठीक छ, मैले हार मानेँ, लौ राख यो १०० रुपैयाँ ।
फुर्सद मिलेन
माग्ने बुढाले हतार हतार साइकल डो-याएर कुदिरहेको देखेर शेरेले सोधेछ—
शेरः ए माग्ने बूढो ! किन साइकल डो-याएर दौडेको ?
माग्नेबूढोः १० बजिसक्यो हाकिमले गाली गर्ला भनेर दौडेको नि ! हेर न शेर ः साइकल चढ्ने फुर्सद पनि मिलेन भन्या ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













