काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली बौद्धमा गोली चलाउँदा एक जना घाइते भएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार बिहिबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा सिन्धुली घर भएका अमर घलान घाइते भएका छन् ।
सुन लुटपाट लगायत अन्य संकास्पद बिषयका बारेमा सुचना पुगेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली उक्त विषयमा अनुसन्धान गर्ने विषयमा अपराधिको समुहले अपराध अनुसन्धानको टोलीमाथि आक्रमण भएपछि अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको एसएसपी राठौरले जानकारी दिए ।
लुटेरा समूहले हतियार निकालेपछि आत्मरक्षाका लागि गोली चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । अपराध अनुसन्धानको टोलीमाथि आक्रमण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।













