अमेरिकामा बस्ने कुल नेपालीको जनसंख्या दुईलाख १९ हजार पाँच सय तीन पुगेको छ । सन २०२० मा गरिएको अमेरिकी राष्ट्रिय जनगणनाको आधारमा नेपालीको यो संख्या सार्वजनिक गरिएको हो ।
कुन सिटीमा कति नेपाली ?
तथ्याङ्क अनुसार अमेरिकामा सबैभन्दा धेरै २८ हजार ६ सय ८३ नेपालीको जनसंख्या टेक्सासमा रहेको छ । त्यस्तै न्यूयोर्कमा २३ हजार ७७ नेपाली बसोबास गर्छन । नेपालीहरुको जनसंख्या रहेका हिसावमा हेर्दा तेस्रो स्थानमा रहेको ओहायो सिटी रहेको छ । आहायोमा २१ हजार पा“च सय ६७ जना नेपाली रहेका छन् । त्यसैगरी चौथो स्थानमा रहेको क्यालिफोर्निया राज्यमा १९ हजार छसय ७७ नेपाली बसोबास गरिरहेका छन् ।
पाँचौ स्थानमा रहेको पेन्सेल्भेनियामा १४ हजार २ सय एक नेपाली रहेका छन् भने छैटौ स्थानमा रहेको भर्जिनियामा १३ हजार सात सय दुई नेपाली बसोबास गरिरहेका छन् । सातौ स्थानमा रहेको मेरिल्याण्डमा १० हजार पाँचसय ३८ जना नेपाली रहेका छन् । आठौं स्थानमा रहेको मासाचुसेट्समा नौ हजार एक सय दुई, नवौ स्थानमा रहेको कोलोराडोमा सात हजार एक सय १८ र दशौ स्थानमा रहेको नर्थ क्यारोलिनामा पा“च हजार नौ सय ६९ नेपाली रहेका छन् ।
जनगणनाको प्रतिवेदनअनुसार अमेरिकाका सबै ५० राज्य, वासिङ्टन डीसी र अमेरिका शासित पोर्तोरोकोलगायत सबैमा नेपालीको बसोबास रहेको छ । अमेरिकामा सन् २०१० मा नेपालीको जनसंख्या ५१ हजार नौ सय सात मात्र थियो । त्यसयता २९.५ प्रतिशत बढेर यो जनसंख्या भएको हो । यो बढोत्तरीको आधारमा अमेरिकामा नेपालीको जनसंख्या तिब्र रुपमा बढिरहेको एसियाली समुहमा परेको छ ।













