चिम्पाञ्जीलाई मान्छेको पुर्खा मानिन्छ । बाँदर जातिमा मान्छेभन्दा दोस्रो बुद्धिमान प्राणी चिम्पाञ्जीलाई नै मानिन्छ । चिम्पाञ्जी मान्छेजसरी हाँस्ने, भावुक हुने मात्र नभई रक्सी–चुरोट समेत पिउने हुन्छन् ।
रुसको रोस्तोभ सहरस्थित चिडियाघरमा बस्दै आएको ‘झोरा’ नामको चिम्पाञ्जी अनौठो ढङ्गले रक्सीको लतमा फसेको थियो । उसले प्रतिदिन २० बोतलभन्दा बढी रक्सी र दर्जनौँ चुरोट पिउने गर्छ । उसको यो अनौठो बानीले सबैलाई हैरान पारेको छ । चिडियाघर हेर्न आउनेले उसलाई जिस्क्याउँदै रक्सी र चुरोट दिन थालेपछि ऊ बिस्तारै अम्मली बन्दै गएको बताइन्छ । बिस्तारै त्यो चिम्पाञ्जी मान्छेभन्दा पनि खतरनाक जँड्याहा भयो ।
यस्तो बानीले उसको स्वास्थ्य खराबै हुँदै गएपछि त्यसलाई अस्पताल पनि भर्ना गरिएको थियो । त्यसले उपचार गरिरहेका डाक्टरलाई समेत रक्सी र चुरोट खान नपाएको झोंका झम्टेर हैरान पार्ने गरेको थियो ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













