हिन्दू परम्पराअनुसार आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर अहिलेको आधुनिक परिवेशमा त्यस मान्यतालाई अन्धविश्वास मात्र हो भन्ने गरिन्छ । विज्ञानसम्मत कुरा गर्ने हो भने आँखा वरिपरिका मांशपेशीहरू सङ्कुचित हुँदा आँखा फर्फराउँछ । त्यसले आँखा वरिपरिका मांशपेशीहरु के कारणले सङ्कुचित हुन पुग्छ भनेर जान्न जरुरी हुन्छ ।
१. थकान र तनावका कारण आँखा फर्फराउँछ । राम्ररी निद्रा पुगेको छैन भने पनि आँखा फर्फराउँछ ।
२. धमिलो बत्तीमा काम गर्दा अनि कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखा फर्फराउँछ ।
३. अत्याधिक मद्यपानको सेवनले पनि आँखा फर्फराउँछ ।
तनाव कम गर्न सक्नुभयो भने आँखा फर्फराउन बन्द हुन्छ । आँखा फर्फराउने समस्याबाट बच्न प्रशस्त मात्रामा पानी पिउने र पूरा आराम हुनेगरी धेरैभन्दा धेरै सुत्ने । आँखाको मसाज पनि गर्न सकिन्छ । यदि एक हप्ताभन्दा बढी समयसम्म पनि आँखा फर्फराइरह्यो भने चाहिँ चिकित्सकलाई भेट्न जानुपर्छ ।
एजेन्सी













