टाउकोमा जुम्रा परेको अनुभव भयो भने तत्काल व्यवस्थापन गर्नु बुद्धिमानी हुन्छ । नेपालका ग्रामिण क्षेत्रमा अहिले पनि धेरै व्यक्ति कुनै न कुनै समयमा जुम्राबाट पिडीत भएको देखिन्छ । प्रायः बच्चा बेलामा जुम्राले सताएको देख्ने गर्दछौँ । कसैकसैलाई बयस्क र बृद्ध बेलामा समेत जुम्राले सताउने गरेको पाइन्छ ।
१. जुम्राको अण्डा अर्थात लिखाबाट जुम्रा निस्कन करिब ८ देखि ९ दिन लाग्छ ।
२. जुम्राले निकालेको सलाइभा (-याल)ले गर्दा टाउको अथवा शरीर चिलाउने गर्दछ ।
३. मानव शरीरमा रहने जुम्राहरु जनावरहरुमा पर्दैन ।
४. जुम्रा उड्न तथा उफ्रिन सक्दैनन् तर तिनीहरु छिटो हिँड्न, घस्रिन सक्छन् ।
५. पोथी जुम्राले हरेक दिन १० वटा अण्डा अर्थात लिखा पार्ने गर्छे ।
६. छोटो कपाल भएका कारण महिलामा भन्दा पुरुषमा जुम्रा पर्ने सम्भावना कम हुन्छ ।
७. लिखा कपालमा रहेको गमजस्तो पदार्थले बेस्सरी टाँसिरएर बसेका हुन्छन् ।
८. जुम्राहरु पहेँलो, सेतो, कालो, खैरो रङ्गका हुन्छन् जुन चामलको दानाको एक चौथाई आकार भन्दा पनि साना हुन्छन् ।
९. जुम्राहरु टाउको टाउकोको सम्पर्कबाट एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने गर्छन् ।
१०. जुम्रालाई बाँच्नको लागि मानव शरीरको रगत चाहिन्छ । मानव शरीर बाहिर जुम्रा ४८ घण्टाभित्र मर्छन् ।
११. टाउकोमा पर्ने जुम्राले कुनै रोग लगाउदैन ।













