काठमाडौं।नासाका अन्तरिक्षयात्री डा. फ्राङ्करुबियो अन्तरिक्षमा एक वर्षभन्दा बढी बिताएर पृथ्वीमा फर्किएका छन् । अन्तरिक्षमा सबैभन्दा बढी अर्थात् ३७१ दिन बिताउने उनी पहिलो अमेरिकी अन्तरिक्ष यात्री बनेका छन् ।
आफ्ना दुई रुसी अन्तरिक्षयात्री साथीसँगै २०२२ सेप्टेम्बर २१ मा इन्टरनेसनल स्पेस स्टेसन पुगेका रुबियो २७ सेप्टेम्बर ९बुधबार० मा पृथ्वीमा फर्किएका हुन् ।
उनको लामो बसाइले आगामी दिनमा चन्द्रमा, मङ्गल ग्रह तथा अन्य बाह्य ग्रहमा अन्वेषण गर्न वैज्ञानिकलाई बाटो खुलेको नासाले उल्लेख गरेको छ । रुबियो तथा अन्य दुई रुसी अन्तरिक्ष यात्रीले त्यस अवधिमा पृथ्वीलाई पाँच हजार ९३६ पटक परिक्रमा गरेका छन् । यो भनेको २५ करोड ३० लाख किलोमिटर दूरी हाराहारी हो । नासाका अनुसार यो दूरी चन्द्रमामा ३२८ खेप आउनजान लाग्ने दूरी हो ।













