• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सूचना प्रविधिको पहुँच भन्दा टाढा छ निसेलढोर

by
१२ अशोज २०८०,
0
सूचना प्रविधिको पहुँच भन्दा टाढा छ निसेलढोर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ– बागलुङको निसेलढोर अहिले पनि सूचना प्रविधिको पहुँचभन्दा धेरै टाढा छ । निसेलढोरमा बस्ने केही नागरिकले सूचना थाहा पाउनका लागि रेडियो प्रयोग त गर्छन् तर त्यति प्रभावकारी भने बन्न सकेको छैन । गाउँमै भएको घटना पनि स्थानीयले केही दिनपछि मात्रै थाहा पाउँछन् ।

प्राकृतिकरूपमा सुन्दरताले भरिएको निसेलढोरमा हरेक वर्ष विदेशी पर्यटक आउने गर्छन् । नेपालको एकमात्रै सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने निसेलढोरमा टेलिफोन, इन्टरनेट तथा अन्य प्रविधि पुगेको छैन । यसका कारण यहाँका सयौँ नागरिकले टाढाटाढाको सूचना थाहा पाउन सक्दैनन् । विद्युतको पहुँचसमेत नपुग्दा टुकी र दियालोकै भरमा स्थानीयले रात बिताउँदै आएका छन् ।

जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य मानिने निसेलढोरमा अहिलेसम्म विद्युत र सूचना सञ्चारविहीन हुँदा आगन्तुक र स्थानीयले सास्ती खेप्नुपरेको छ ।

निसीखोला गाउँपालिका–५ मा पनि निसेलढोर क्षेत्रलाई विद्युत् र सूचना प्रविधिले जोड्नतर्फ सरोकारवाला निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

यहाँ कोहीले मोबाइल चलाउन चाहे पनि ‘चार्ज’ गर्नका लागि विद्युत् र फोन तथा सामाजिक सञ्जाल चलाउन इन्टरनेट अभाव छ । एक दशक अगाडिसम्म उत्तरगङ्गा ढोरपाटन क्षेत्रमा पनि इन्टरनेटको सुविधा थिएन ।

नेपाल टेलिकमले टावर राखेपछि अहिले ढोरपाटन क्षेत्र भने सञ्चारसँग जोडिएको छ । निसेलढोरमा खास गरी निसीखोला गाउँपालिका–५ निसीका स्थानीय बस्ने गर्छन् ।

पहिलेपहिले बर्खाको समयमा मात्रै बस्ने गरे पनि सडकले निसेलढोर जोडिएपछि स्थायीरुपमा धेरै नागरिक यहाँ बसोबास गर्दै आएका छन् । फोनले काम नगर्दा अन्य ठाउँमा हुने घटना महिनौँपछि थाहा पाउने स्थानीय रनबहादुर घर्ती मगरले बताए ।

उनले निसी गाउँ झर्दा नेटले काम गरेर सूचना आदानप्रदान गर्न पाए पनि निसेलढोरमा बस्दासम्म बाहिरी सूचना थाहा पाउन नसक्ने बताए ।

सरकारले विद्युत् र टावरको व्यवस्था गरी दिएर निसेलढोरमै फोन चलाउन पाइने र सूचना आदानप्रदान गर्न सहज हुने घर्ती मगरले बताए । फोनले काम नगर्दा आफूहरुले धेरै समस्या भोग्नुपरेको उनको भनाइ छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जिल्लाकै सबैभन्दा विकट हुँदा अहिलेसम्म इन्टरनेटको व्यवस्थापन गर्न नसकिएको बताए ।

निसेलढोरलाई विद्युत् र इन्टरनेटसँग जोड्नका लागि विभिन्न निकायसँग सहकार्य भइरहेको उनको भनाइ छ । उनले अहिले निसेलढोरमा टेलिफोन सेवा सञ्चालनका लागि टावर निर्माणका काम सुरु भएको बताए ।

निसीखोला गाउँपालिका–६ को चौरीभुजुङ्गीमा नेपाल टेलिकमले टावर निर्माण गरिरहेको अध्यक्ष घर्ती मगरले जानकारी दिए ।

नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले निसेलढोरलाई लक्षित गरी मोबाइल टावर निर्माण गर्न थालेको बताए । अहिलेसम्म सञ्चारको पहुँचबाट बाहिर रहेका निसेलढोरवासीलाई सञ्चारसँग जोड्ने तीन हजार सात सय ३० मिटरको उचाइमा टावर निर्माण सुरु भएको प्रमुख शर्माले बताए ।

टावर उच्च स्थानमा राख्न थालेको हुँदा यहाँ विद्युत्को पहुँच नभएको भन्दै सोलारमार्फत टावर सञ्चालन गर्ने उनको भनाइ छ । यस स्थानमा फोरजी चल्ने गरी टावर निर्माण भइरहेको शर्माले बताए ।

Previous Post

आठौं महादेश पत्ता लाग्यो, जारी गरियो नक्सा र राखियो नाम ‘जिल्यान्डिया’

Next Post

उडान नियम मिचेको आरोपमा श्री र फिष्टेलका तीन हेलिकप्टरको उडानमा प्रतिबन्ध

सम्बन्धित खबर

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
फिचर-ब्यानर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

१३ असार २०८३,
नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

१३ असार २०८३,
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
Load More
Next Post
उडान नियम मिचेको आरोपमा श्री र फिष्टेलका तीन हेलिकप्टरको उडानमा प्रतिबन्ध

उडान नियम मिचेको आरोपमा श्री र फिष्टेलका तीन हेलिकप्टरको उडानमा प्रतिबन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In