• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

    भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

    म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

    म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

    तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

    तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

    कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

    कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

    नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह

    नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छः मन्त्री बस्नेत

by
१० अशोज २०८०,
0
चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छः मन्त्री बस्नेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए ।

उनले भने, “दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबीच छलफल भइरहेको छ ।” गृहमन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उनले चिकित्सकहरूलाई काममा फर्कन अनुरोधसमेत गरे ।

उनले भने, “हाम्रो ऐनमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी सुरक्षाका विषयलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्ने र आगामी दिनमा यस्ता घटना नहुन् भनेर सबै सक्रिय रहने विषयमा छलफल भयो ।” शान्ति सुरक्षा गृह मन्त्रालयले दिने गरी छलफल भएको उनको भनाइ थियो ।

मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन लागू भएसँगै बन्द भएका शैक्षिक संस्थाहरू छ महिनाभित्र सञ्चालनमा ल्याइने बताए । यस ऐनले गर्दा दुर्गममा अस्पताल खोल्ने, चिकित्सक पु-याउने राम्रो देखिएको भए पनि दक्ष जनशक्ति उत्पादनमा भने समस्या देखिएको उनले भने । मन्त्री बस्नेतले भने, “यही अवस्था रहे पाँच वर्षमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मी नभेटिने अवस्था आउन सक्छ ।”

यसका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर बन्द भएका संस्था सञ्चालनको तयारीमा सरकार रहेको उनको भनाइ थियो । शिक्षामा गुणस्तरीयता कायम गर्दै शुल्क निर्धारण पनि सरकारले गर्ने मापदण्ड बनाएर बन्द भएका संस्था सञ्चालनमा ल्याइने उनले बताए ।

फरक प्रसङ्गमा मन्त्री बस्नेतले स्वास्थ्य बीमा बोर्डका कारण केही अस्पतालमा बिरामीको चाप बढ्ने र केही बन्द हुने अवस्थामा पुगेको धारणा राखे। यसलाई नियमन गर्नका लागि मन्त्रालय लागिपरेको उनको भनाइ छ । पक्षपातपूर्ण तरिकाले काम भएको भन्ने गुनासो बढेपछि आफैले यसलाई हेरिरहेको उनको भनाइ थियो । यसलाई चाँडै नै सहज बनाएर अघि बढ्ने उनले बताए ।

Previous Post

ठेक्का सम्झौता बिनै बालुवा उत्खनन हुँदा राजस्व गुम्यो

Next Post

पूर्वाधार र प्रचार–प्रसार नहुँदा कञ्चनपुरको पर्यटकीय क्षेत्र ओझेलमा

सम्बन्धित खबर

भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी
समाचार

भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

२४ भदौ २०८३,
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
समाचार

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

२४ भदौ २०८३,
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
समाचार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

२४ भदौ २०८३,
तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र
समाचार

तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

२४ भदौ २०८३,
कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै
समाचार

कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

२४ भदौ २०८३,
नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह
टुरिजम

नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह

२४ भदौ २०८३,
Load More
Next Post
पूर्वाधार र प्रचार–प्रसार नहुँदा कञ्चनपुरको पर्यटकीय क्षेत्र ओझेलमा

पूर्वाधार र प्रचार–प्रसार नहुँदा कञ्चनपुरको पर्यटकीय क्षेत्र ओझेलमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In