• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

    भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

    म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

    म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

    तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

    तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

    कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

    कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

    नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह

    नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्वाधार र प्रचार–प्रसार नहुँदा कञ्चनपुरको पर्यटकीय क्षेत्र ओझेलमा

by
१० अशोज २०८०,
0
पूर्वाधार र प्रचार–प्रसार नहुँदा कञ्चनपुरको पर्यटकीय क्षेत्र ओझेलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । पूर्वाधार विकास र प्रचार–प्रसार नहुँदा कञ्चनपुरका थुप्रै पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । ती पर्यटकीयस्थलको प्रचार–प्रसार र पूर्वाधार अभावले ओझेलमा परेका हुन् । यहाँको गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुकका पयर्टक आउँछन् । तर गड्डाचौकी नाका भएर आएका पर्यटक यहाँका पर्यटकीयस्थल छाडेर काठमाडौँ पोखरा जाने गरेको अध्यागमन कार्यालय गड्डाचौकीले जनाएको छ ।

अध्यागमन कार्यालय कञ्चनपुरका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटक आए पनि सिधैँ काठमाडौँ– पोखरालगायतका सहर घुम्न जाने गरेको बताए । ‘अहिले विदेशी पर्यटक आउने संख्या बढेको छ’, उनले भने, ‘गत वर्षको भन्दा अहिले विदेशी पर्यटक आउनेक्रम बढेको छ ।’ अध्यागमन कार्यालयको तथ्याङ्कानुसार २०२२ मा पाँच सय ४२ विदेशी पर्यटक गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । यो वर्षको हालसम्म छ सय ८५ जना विदेशी पर्यटक भित्रिएका छन । सप्टेम्बरमा मात्रै एक सय ५४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निुकञ्ज पर्यटकको सम्भावना बोकेको क्षेत्र हो । शुक्लाफाँटामा सयौँको संख्यामा देखिने बाहसिङ्गाको झुण्ड र घाँसे मैदान यहाँ आउने पर्यटकको मुख्य आकर्षणका रूपमा छ । यहाँ शुक्लाफाँटा मात्र नभई महाकालीपारिका गाउँ दोधारा र चाँदनीलाई जोड्ने एसियाकै सबैभन्दा लामो झोलुङ्गे पुल पनि छ । यस पुलको लम्बाइ एक हजार चार सय ९५ मिटर छ ।

दोधरा चाँदनीसम्म पुग्ने अव्यवस्थित सडक, बाहिरबाट आउने पर्यटकका लागि बसोबासका लागि उचित होटल नभएको कारणले पर्यटक त्यहाँसम्म पुग्न सकिरहेका छैनन् । त्यसैगरी धार्मिक र पुरातात्विक महत्वका हिसाबले यहाँका धार्मिक पर्यटकीयस्थल महत्वपूर्ण छन् । बेदकोट ताल र झिलीमिली ताल पनि महत्त्वपूर्ण पर्यटकीयस्थल छन् । तर यहाँसम्म पुग्ने सहज पहुँच नहुँदा यी क्षेत्र ओझेलमा परेका छन् ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले यहाँको पर्यटनको विकासका लागि राज्यस्तरबाट लगानी हुन नसकेको बताए । ‘हाम्रो यहाँ पर्यटनका थुप्र्रै सम्भावना छन्, तर पूर्वाधार र प्रचार–प्रसार अभावले गर्दा ओझेलमा छन्’, मल्लले भने, ‘सहज महँगो यातायात र पर्यटकीय क्षेत्रमा सुविधसम्पन्न होटललगायतको सुविधा छैन ।’ उनले यहाँको पर्यटन विकासका लागि राज्यस्तरबाट पर्याप्त लगानी हुन नसकेको बताए । कञ्चनपुरबाट भारतको राजधानीसहितका ठूला–ठूला सहर नजिक छन । ‘यहाँका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार र पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने यहाँका व्यवसायी बताउँछन् ।

होटल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले पूर्वाधार र सुविधा नहुँदा यहाँ पुगेका पर्यटक पनि यहाँ नबस्ने गरेको बताए । ‘प्रचार–प्रसार र पूर्वाधार अभाव नै यहाँ पर्यटक नबस्ने प्रमुख कारण हुन्’, उनले भने, ‘नाकामा पर्यटक सूचना केन्द्रसमेत सञ्चालनमा आउन सकेको छैन ।’ योसँगै हवाई यातायात पनि सञ्चालनमा आउन जरुरी रहेको उनले बताए ।
त्यसैगरी यहाँ पर्यटकीय गन्तव्यको रूपमा महाकाली नदी किनार विकसित हुन थालेको छ ।

महाकाली पुल योजना कार्यालयले महाकाली नदीमा चार लेनको पक्की पुलसँगै पर्यटकका लागि मानवनिर्मित ताल निर्माण गर्न लागेको छ । महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलसँगै चारवटा पोखरी निर्माण हुनेछन् । त्यसकै छेउछाउमा पाँच हजार बिरुवा रोप्ने योजना गरेको छ । पुल निर्माणसँगै महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्नका लागि आइसलेन्डसहितका चारवटा पोखरी निर्माण हुन लागेका छन् । यसले पनि यहाँको पर्यटनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Previous Post

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छः मन्त्री बस्नेत

Next Post

क्यानडाका सभामुखद्वारा राजीनामा

सम्बन्धित खबर

भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी
समाचार

भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

२४ भदौ २०८३,
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
समाचार

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

२४ भदौ २०८३,
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
समाचार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

२४ भदौ २०८३,
तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र
समाचार

तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

२४ भदौ २०८३,
कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै
समाचार

कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

२४ भदौ २०८३,
नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह
टुरिजम

नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह

२४ भदौ २०८३,
Load More
Next Post
क्यानडाका सभामुखद्वारा राजीनामा

क्यानडाका सभामुखद्वारा राजीनामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In