• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आचारसंहिताको पटक पटक उल्लंघनपछि रवि लामिछानेमाथि कारबाहीको तयारी

by
२२ कार्तिक २०७९,
0
आचारसंहिताको पटक पटक उल्लंघनपछि रवि लामिछानेमाथि कारबाहीको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । पटक पटक आचारसंहिताको उल्लंघन गरेपछि चितवन क्षेत्र नम्बर २ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कारबाही गर्न निर्वाचन आयोगले तयारी थालेको छ । जसरी पनि चुनाव जित्नुपर्छ भन्ने अभियानमा लाग्ने क्रममा लामिछानेले चर्को प्रचारबाजीको शैलीलाई अपनाइरहेका छन् । सोही क्रममा आचारसंहिता उल्लंघन भएपछि आयोग पनि कारबाहीको तयारीमा लागेको बुझिएको छ ।

निर्वाचन आयोगले दिएको समयसीमा भन्दा अघि नै चोक–चोकमा गएर भाषण गरेका रविमाथि त्यसबेला नै निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लाग्दै आएको थियो ।

हाल पनि रवि र उनका कार्यकर्ताले गरेका प्रत्येक गतिविधि निर्वाचन आचारसंहिता भन्दा विपरीत रहेको पाइएको छ । निर्वाचन आचारसंहिता अनुरुप निर्वाचन आयोगले चोक चोकमा पर्ने गरी उम्मेदवार र उनका फोटो राखी पम्प्लेट बनाउन रोक लगाएको छ । तर रविका तस्बिर राखी चोक चोकमा रंगाइएको छ ।

त्यस्तै सार्वजानिक सवारी साधनमा पनि रविको फोटो टाँसिएको छ । यसविरुद्ध निर्वाचन आयोगमा उजुरीसमेत परेको छ । उजुरी परेपछि आयोगले प्रहरीलाई यस खालका गतिविधि रोक्नका लागि आदेशसमेत दिएको छ । सो क्रममा प्रहरीले सार्वजनिक सवारीमा लगाइएका पोष्टर हटाएको छ ।

दलगत कार्यक्रममा राष्ट्रिय झण्डाको दुरुपयोग गर्न नपाइने कानूनी प्रावधानकोसमेत रविले खिल्ल्ी उडाइरहेको पाइएको छ । रवि आफैंले नेपालको झण्डा बोकेर भोट मागिरहेका छन् ।

चितवन जिल्ला निर्वाचन कार्यालयले रविलाई यस्तो नगर्न पटक पटक आग्रहसहितको निर्देशन दिएको भए पनि उनले बेवास्ता गरेको पाइएको छ । आयोगले कडा कदम चाल्ने तयारी गरेकोसमेत स्रोतले बताएको छ ।

यस्तै “रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई” भन्ने व्यहोरा छापिएको टोपी प्रयोग गरेको भनी आएको उजुरीका आधारमा पनि रविलाई स्पष्टीकरण सोधिएको छ ।

निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ ।

निर्वाचन प्रचारप्रसारको लागि क्यापको प्रयोग गर्ने कार्यबाट निर्वाचन आचारसंहिताको उक्त दफा उल्लंघन हुने देखिएकाले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ ।

पत्रमा निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) को विपरीत भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनुनपर्ने हो ? भनी सोधिएको छ ।

चितवन २ मा रविको भिडन्त मन्त्री एवं नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ र एमालेका नेता कृष्णभक्त पोखरेल लगायतसँग हुँदैछ ।

Previous Post

गिनीमा सडक दुर्घटना, २२ जनाको मृत्यु

Next Post

‘नदी नियन्त्रण गर्न सहयोग गर्नेलाई भोट’

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
‘नदी नियन्त्रण गर्न सहयोग गर्नेलाई भोट’

‘नदी नियन्त्रण गर्न सहयोग गर्नेलाई भोट’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In