• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ढोरपाटनको आलुले बजार र मूल्य पाएन, किसान मर्कामा

by
६ अशोज २०८०,
0
ढोरपाटनको आलुले बजार र मूल्य पाएन, किसान मर्कामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भित्र्याउने चटारोमा छन्। गत भदौ दोस्रो सातादेखि आलु भित्र्याउन थालेका किसानलाई अहिले पनि भ्याइनभ्याइ छ। वर्षौँदेखि व्यावसायिक रुपमा आलु खेती गर्दै आएका किसानले सयौँ क्वीन्टल आल वर्षेनी उत्पादन गर्ने गरेका छन्। तर आलुले भने उचित बजार नपाएको उनीहरुको गुनासो छ।

भौगोलिक विकटताका कारण ओझेलमा परेको ढोरपाटन र निसेलढोर क्षेत्रको हजारौँ रोपनी क्षेत्रफलमा किसानले आलु लगाउँदै आएका छन्। पाँच वर्ष अगाडिसम्म ढुवानीको समस्या खेप्दै आएका किसानले अहिले मूल्य नपाएको दुःखेसो पोख्छन्।

एक दशक अगाडिसम्म ढोरपाटन सडक सञ्जालले जोडिएको थिएन। सडक नजोडिँदा कतिपय किसानले घोडा खच्चडमा ढुवानी गरी बजारसम्म पुर्याउँथे भने कतिपयले मजदुर लगाएर बोकेरै बिक्रीका लागि बेसी झर्ने गर्थे। तर अहिले त्यो परिस्थिति छैन्। सडकले यस क्षेत्र जोडिनु पूर्व किसानले उत्पादन गरेको आलु घोडा खच्चडमार्फत बेसीका गाउँहरुमा ल्याइ मकै, धान, गहुँ र मकैसँग साट्ने गर्दथे। अहिले पनि यो चलन कायमै छ। निसेलढोरसम्म नै मोटरबाटो पुगेपछि आलु ढुवानीमा केही सहजता भने भएको छ। तर बाह्रै महिना सडक नचल्दा त्यसबाट कृषीले ठूलो नोक्सानी व्यहोरन विवस छन्। यति बेला आलु खन्ने, गोदाममा थन्क्याउने र बजारका लैजानका लागि तयार गर्ने काममा उनीहरु व्यस्त छन्।

बागलुङ जिल्लालाई पुग्ने आलु उत्पादन यस क्षेत्रमा उत्पादन भए पनि भारतबाट आएको आलुका कारण स्थानीय उत्पादनले बजार पाउन सकेको छैन। घण्टौँ लगाएर बजारमा ल्याएको आलुले कम मूल्य पाउँदा किसान मर्कामा पर्ने गरेका छन्। भातीय बजारबाट आयातित आलुको मूल्यले आफूहरु ठूलो मर्कामा पर्ने गरेको स्थानीय कृषक शेरबहादुर विकले बताए। पहिले–पहिले मकै र कोदोसँग आलु साट्दा केही फाइदा हुने भन्दै अहिले बजारमा बिक्री गर्दा घाटा मात्रै व्यहोर्नु परेको विकले गुनासो गरे।

उनले भने, ुहाम्रो गाउँ ठाउँमा आलु धेरै उत्पादन हुन्छ, आलु धेरै उत्पादन भएर के गर्नु उचित मूल्यनै पाउन सकिदैन, बजारमा बुटवल, सुनौलीबाट आएका आलु छ्यापछ्याप्ती छन्, त्यो आलुलाई व्यापारीले ४० रुपैयाँदेखि ६० रुपैयाँसम्म बेच्छन्, हामीलाई ४० मा माग्छन्, यसरी त हाम्रो वर्षभरिको दुःख पनि उठ्दैन, ढोरपाटनबाट ढुवानी गरेर बुर्तिबाङ ल्याउँदा पनि हजारौँ रुपैयाँ खर्च भएको हुन्छ, यो व्यवस्था सरकारले मिलाउन सके हामी किसानहरुलाई राहत मिल्ने थियो।ु

जिल्लामा आलु उत्पादनका हिसाबले प्रख्यात मानिने निसेलढोर, ढोरपाटन, तमानखोलाको लाम्मेला, ताराखोला लगायतका क्षेत्रमा हरेक वर्ष किसानले लाखौँको आलु उत्पादन गर्दै आएका छन्। आलु बिक्री नहुँदा ठूलो नोक्सानी व्यहोर्नुपर्ने बाध्यता उनीहरुमा छन्। स्थानीय किसान तुलबहादुर घर्ती मगरले वर्षेनी करिब सात लाखको आलु उत्पादन गरे पनि सबै बिक्री गर्न नसकेको गुनासो पोखे। गाउँसम्मै भारतबाट आयातित आलु आउने हुँदा विक्री गर्न समस्या भएको उनले बताए।

बाहिरबाट आएको आलु देख्दा राम्रो र किन्दा सस्तो पर्ने हुँदा उपभोक्ताले गाउँमा उत्पादन भएको भन्दा आयातित आलु किन्ने गरेको उनको भनाइ छ। तर त्यो आलुभन्दा गाउँमा उत्पादन भएको आलु स्वास्थ्यका लागि फाइदाजन हुने घर्ती मगरले बताए। स्थानीय सरकारले बाहिरबाट आउने आलुलाई प्रतिबन्ध नलगाउँदासम्म स्थानीय आलुले बजार नपाउने उनको भनाइ छ। नगरपालिका तथा गाउँपालिकाले नीति बनाएर लाग्नु पर्ने उनी बताउछन्।

ुआलुले बजार पाउँने हो भने हाम्रो क्षेत्रका किसान कहिल्यै पनि गरिब हुनु पर्ने थिएन, हरेक वर्ष सामान्य किसानले पनि दुईदेखि १५ लाख बढिको आलु उत्पादन गर्छ, उसले बच्ने भनेको उही ५÷७ लाखको हो,ु घर्ती मगरले भने – ुबाहिरबाट आउने तरकारीलाई सरकारले रोक्न सक्थ्यो भने यहाँका थुप्रै किसानहरुको जीवनस्तर उकासिने थियो, वर्षभरी दुःख गरेर आलु उत्पादन गर्छ, त्यही पनि समयमै बिक्दैन, बिके पनि मूल्यभन्दा निकै कममा बेच्नु पर्छ, हाम्रो समस्या कसले बुझ्ने रु ु

यस वर्ष निसीखोला क्षेत्रमा आलु उत्पादन बढ्ने देखिएको छ। गाउँपालिकाले किसानलाई नयाँ प्रबिधिबाट आलु लगाउन तालिम दिएको र सोही अनुसार खेती गरेको हुँदा आलु उत्पादन बढ्ने सम्भावना देखिएको कृषि शाखा प्रमुख तारा परियारले बताइन्। नयाँ प्रविधिबाट पुरानै बीउ लगाउँदा धेरै ठाउँका किसानले आलु बढेको जानकारी गराएको परियारले बताइन्। गाउँपालिको यस वर्ष आठ हजार किलो रैथाने जातको आलुको बीउ किसानलाई वितरण गरेको उनको भनाइ छ।

प्रमुख परियारले भनिन्, ुनिसीखोला र निसेलढोरमा धेरै आलु उत्पादन हुन्छ, यहाँका अधिकांश किसनाले पुरानै शैलीबाट आलु खेती गर्दै आउनुभएको थियो, हामीहरुले नयाँ प्रविधिबाट आलु खेती गर्नका लागि तालिम दियौँ, उहाँहरुले यसपाली फरक शैलीमा पुरानै बीउ प्रयोग गरेर खेती गर्नुभयो, राम्रो उत्पादन भएको प्रतिक्रिया दिनुभएको छ, यस वर्ष आलु उत्पादन बढ्ने सम्भावना बढी छ, समयमै वर्षा भयो, नयाँ तरिका पनि अपनाइयो।ु

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका लागि आयातित तरकारी रोक्नका लागि निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकासँग छलफल गरी रहेको बताए। पश्चिम बागलुङका चार पालिकाले बाहिरबाट आउने आलु लगायतका तरकारीजन्य वस्तु आयातमा रोक लगाई स्थानीय उत्पादनलाई जोड दिने गरी योजना बनाएको बताए। यहाँका किसानलाई उन्नत जातका बीउविजन, आवश्यक तालिम, आधुनिक उपकरण र प्राविधिक सहयोग गरी उत्पादन बढाउन प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्ने उपप्रमुख कायतको भनाइ छ।

Previous Post

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

Next Post

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In