• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह

    बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

    रिडी–तम्घास सडक कालोपत्र गरिँदै

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह

    बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

    रिडी–तम्घास सडक कालोपत्र गरिँदै

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भारत–क्यानाडा तनावः कुटनीतिक कर्मचारी ‘कटौती’ गर्न नयाँदिल्लीको माग

by
५ अशोज २०८०,
0
भारत–क्यानाडा तनावः कुटनीतिक कर्मचारी ‘कटौती’ गर्न नयाँदिल्लीको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँदिल्ली । एक सिख पृथकतावादीको हत्याको विषयलाई लिएर उत्पन्न विवाद चर्किंदै गएपछि नयाँदिल्लीले भारतमा रहेका क्यानाडेली कुटनीतिक कर्मचारी कटौतीको माग गर्दै भिसा सेवा बन्द गरेको जनाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत जुनमा भ्यानकुभरनजिकै हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्टको भूमिका रहेको भन्ने आरोपलाई गम्भीरताका साथ लिन भारतसँग माग गरेको छ ।

यस परिणामले निज्जरको हत्यामा भूमिका खेलेको कुनैपनि भनाइलाई ‘बेतुकको हल्ला’ भन्दै भारतले आरोपको खण्डन गर्दै कुटनीतिक अधिकारीको निष्कासनको मार्गलाई अँगालेको थियो । यो आरोपले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत र जी–७ सदस्य क्यानडाबीचको तनावपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पु-याएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भनेका छन्, ‘हामीले क्यानाडा सरकारलाई कूटनीतिक उपस्थितिमा समानता हुनुपर्छ भनेर सूचित गरेका छौं ।’ उनले थपे, ‘यहाँ उनीहरूको संख्या क्यानाडामा हाम्रो भन्दा धेरै छ । त्यसमा कमी हुनुपर्छ भन्ने मलाई लाग्छ ।’

नयाँदिल्लीले क्यानडामा भिसा आवेदनहरू ह्यान्डल गर्न बन्द गरेको बताएको छ, ‘सुरक्षा खतराहरू’ कारक देखाउँदै उनीहरूले यसले आफ्ना अधिकारीहरूको काममा ‘बाधा’ पु-याइरहेको बताएका छन् । ‘हालका लागि क्यानडाको सुरक्षा अवस्था र क्यानडा सरकारको अकर्मण्यताका कारण हामीले अस्थायी रूपमा भिसा सेवा बन्द गरेका छौं’ बागचीले भने ।

केही घण्टाअघि क्यानडाको उच्चायोगले आफ्ना कर्मचारीलाई ‘विभिन्न सामाजिक सञ्जालमा धम्की’ दिएपछि भारतमा रहेका कूटनीतिज्ञको सङ्ख्या ‘समायोजन’ गर्ने बताएको थियो ।

क्यानडाको नियोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तनाव बढेको वर्तमान वातावरणलाई मध्यनजर गर्दै हामी हाम्रा कूटनीतिज्ञहरूको सुरक्षा सुनिश्चित गर्न कदम चालिरहेका छौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘परिणामस्वरूप, र सावधानीको प्रचुरताको कारण, हामीले अस्थायी रूपमा भारतमा कर्मचारीहरूको उपस्थिति समायोजन गर्ने निर्णय गरेका छौं ।’

क्यानाडेली नियोगले त्यहाँबाट बाहिरिने व्यक्तिको सङ्ख्याबारे विस्तृत विवरण नदिएपनि आफ्ना कार्यालयहरू ‘खुला र सञ्चालन’ भएको बताउँदै आफ्ना कर्मचारीको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेको छ । ‘भारतले त्यहाँ हाम्रा मान्यता प्राप्त कूटनीतिज्ञहरू र कन्सुलर अधिकारीहरूको सुरक्षाप्रदान गर्नेछ भन्ने आशा गर्दछौं, जसरी हामी उनीहरूका लागि गरिरहेका छौं’ विज्ञप्तिमा भनिएको छ ।

सोमबार ओटावाले क्यानडामा भारतीय विदेश गुप्तचर सेवाका प्रमुख भनिएका एक कूटनीतिज्ञलाई देश निकाला गरेपछि नयाँदिल्लीले क्यानडाका एक कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको थियो ।

भारतको विदेश मन्त्रालयले क्यानडामा रहेका आफ्ना नागरिकको सुरक्षाका लागि चिन्ता व्यक्त गरेको एक दिनपछि भिसा स्थगन गरिएको हो । ‘धम्कीले विशेषगरी भारतीय कूटनीतिज्ञ र भारतविरोधी एजेन्डाको विरोध गर्ने भारतीय समुदायका एक वर्गलाई लक्षित गरेको छ’ मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘खालिस्तान’
भ्यानकुभरको उपनगर सरेमा रहेको सिख मन्दिरबाहिर दुई जना नकाबधारी आक्रमणकारीले निज्जरको गोली हानी हत्या गरेका थिए । खालिस्तान भनिने सिख राज्यको निर्माणको लागि एक अभियानकर्मी निज्जरलाई भारतीय अधिकारीहरूद्वारा कथित आतङ्कवाद र हत्या को षड्यन्त्रको लागि खोजी गरिएको थियो ।

क्यानडास्थित विश्व सिख सङ्गठनका अनुसार निज्जरले ती आरोप अस्वीकार गरेका छन् । भारत सरकारले ओटावामाथि कट्टरपन्थी सिख राष्ट्रवादीहरूको गतिविधिप्रति आँखा चिम्लेको आरोप लगाएको छ, जसले उत्तरी भारतबाट स्वतन्त्र राज्यको निर्माणको वकालत गर्छन् । ट्रुडोले सोमबार निज्जरको मृत्युको अनुसन्धान सार्वजनिक गर्नुअघि नै सङ्कटको संकेत देखिएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महिनाको सुरुमा जी–२० मा ट्रुडोसँगको भेटमा ‘क्यानडामा चरमपन्थी तत्वहरूको भारत विरोधी गतिविधि जारी रहेकोमा कडा चिन्ता व्यक्त गरेका थिए । क्यानडाले पनि भारतसँग स्वतन्त्र व्यापार सम्झौताका लागि वार्ता स्थगित गरेको थियो र गत हप्ता क्यानडाका व्यापार मन्त्रीले अक्टोबरमा हुने भनिएको भारते भ्रमण रद्द गरेका थिए ।

यो मामिलाले भारतसँग अमेरिकी सरकारको पहललाई जटिल बनाउन सक्छ, जसले हालैका वर्षहरूमा दुबै देशहरूले आफ्नो सम्बन्धलाई निरन्तर सुधार गर्दै आएका छन् । वासिङ्टनले एशिया–प्रशान्त क्षेत्रमा चिनियाँ प्रभावको सामना गर्न नयाँदिल्लीलाई एक प्रमुख सहयोगीको रूपमा हेर्दै आएको छ ।

Previous Post

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट

Next Post

बालसुधार गृहमा झडपका घटना बढ्यो, बाँकेमा एकको मृत्यु, १० घाइते

सम्बन्धित खबर

मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

२० असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आवाज

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

२० असार २०८३,
वन उद्यममा जोडिँदै नवलपुरका महिला
कृषि

वन उद्यममा जोडिँदै नवलपुरका महिला

२० असार २०८३,
दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट
आवाज

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

२० असार २०८३,
वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह
आवाज

बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

२० असार २०८३,
रिडी–तम्घास सडक कालोपत्र गरिँदै
आर्थिक

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

२० असार २०८३,
Load More
Next Post
बालसुधार गृहमा झडपका घटना बढ्यो, बाँकेमा एकको मृत्यु, १० घाइते

बालसुधार गृहमा झडपका घटना बढ्यो, बाँकेमा एकको मृत्यु, १० घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In