• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गृहमन्त्री खाँणले मतदातालाई स्पष्ट पार्दै भने – गठबन्धनले जनतालाई भ्रममा पार्दैन

by
२१ कार्तिक २०७९,
0
अछाम पहिरोका घाइतेको हेलिकोप्टरबाट उद्धार गर्न गृहमन्त्रीको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बुटवल । गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन र आफूले जनतालाई भ्रममा पार्ने कुनै काम नगर्ने र झुट्टा आश्वासन पनि नदिने बताएका छन् । उनले केही राजनीतिक दल र उनीहरुका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो र गर्छौं भन्ने जस्ता झुट्टा आश्वासन बाँडेको जनाउँदै जनतालाई भ्रममा पार्ने काम राजनीतिक नेतृत्वले गर्न नहुने जनाए ।

पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देहीको क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका खाँणले आइतबार बुटवल उपमहानगरपालिका–१५ मा आयोजित कार्यक्रममा बोल्दै निर्वाचन जित्नका लागि जनतालाई भ्रममा पार्ने नेताहरु सफल नहुने र त्यस्ता उम्मेदवारलाई जनताले समयमै चिन्नुपर्ने बताए । ‘पाँच दलीय गठबन्धन र यसका उम्मेदवारहरुले जे गर्छन्, त्यही बोल्छन्, जे बोल्छन्, त्यो गर्छन्’, उनले भने, ‘यहाँ त केही उम्मेदवारहरुले जनतालाई दिग्भ्रमित पार्ने गरी भुट्टा आश्वासन बाँडिरहेका छन्, उम्मेदवार बन्दैमा यसरी ढाट्दै हिंड्नेले भोलि जिते भने क्षेत्र, रुपन्देही र मुलुकको विकास कसरी गर्न सक्छन् ? त्यसैले सबै मतदाताले उनीहरुलाई पहिचान गर्नुपर्छ ।’

गृहमन्त्री खाँणले गौतमबुद्ध विमानस्थल हामीले बनाएको, विशेष आर्थिक क्षेत्र (सेज), बेलहिया–बुटवल व्यापारिक मार्ग, तिनाउ, दानव नदीमा बनेका पुलहरु हामीले निर्माण गरेको हो भन्ने जस्ता महत्वपूर्ण योजनाहरु देखाएर जस लिने कोसिस गरेको भन्दै यथार्थ बुझ्न आम मतदातासँग उनले आग्रह गरे ।

‘गौतमबुद्ध विमानस्थल बन्नुपर्छ भन्ने आवाज उठाउने नेपाली काँग्रेस हो, त्यसको माग हामीले गरेका थियौं । तपाईंहरु भ्रम छर्ने उम्मेदवारहरुलाई प्रश्न गर्नुस्, विमानस्थल शिलान्यास हुँदा ती नेता कहाँ थिए, निर्माण हुने क्रममा विमानस्थलमा कतिपटक पुगे, उद्घाटनमा सहभागी भए की भएनन् ? ’, राप्रपा नेता दीपक बोहराप्रति लक्षित गर्दै खाँणले भने, ‘फोटाहरु र भिडियोहरु हेर्नुस्, ती नेताहरु कतै देखिन्छन् त रु कतै देखिँदैनन् । अनि विमानस्थल हामीले बनाएको भनेर भ्रम छर्दै हिंडेका छन् ।’

उनले विमानस्थल जस्तै रुपन्देहीका अन्य ठूला र महत्वपूर्ण योजना अगाडि बढाउँदा र सम्पन्न गर्ने क्रममा अहिले झुट्टा आश्वासन बाँडिरहेका नेताहरुको कही कतै पनि उपस्थिति नरहेको जिकिर गरे । ‘त्यसैले तपाईंहरु ढुक्क हुनुस्, रुपन्देहीको विगतमा विकास गर्ने र ठूला योजना पार्ने हामी हो, अब पनि गठबन्धन र मैले योजना पार्छौं, यहाँको विकास, समृद्धिमा योगदान दिन्छौं, जनभावनाअनुसार काम गर्छौं’, उनले भने ।

उनले पंचायत फाल्दा, राजतन्त्र फाल्दा र मुलुकमा संविधान जारी गर्दा आफूहरुले जे बोलेको, त्यो पूरा गरेको जनाए । ‘संविधानमा जनताका हकअधिकारको ग्यारेन्टी भयो, जीवनस्तर परिवर्तनका कुराहरु लेखिए’, खाँणले भने, ‘अब संविधानमा लेखिएका कुराहरु हामीले पूरा गर्छौं, जनताको जीवनस्तरमा परिवर्तन ल्याउँछौं ।’

खाँणले सियारी, शुद्धोधन, बुटवलका केही वडाहरु र अन्य पालिकाका कृषि उत्पादन बढी हुने क्षेत्रलाई समेटेर कृषिमा आधुनिकीकरण गरिने जनाए । ‘कृषिलाई जनताको समृद्धिसँग जोडेर हामीले काम गर्नेछौं, यसले आर्थिक विकास र मुलुकको समृद्धिमा टेवा पुग्नेछ’, उनले भने । यसको पहिलो सुरुवात सेमलारमा सरकारले २ अर्ब लागतमा कृषि थोक बजार निर्माण प्रक्रिया अघि बढाएको बताए । ‘यो त एउटा उदाहरण मात्रै हो’, उनले भने, ‘यस्ता दर्जनौं काम हामीले अघि बढाउने छौं, जनतालाई विकास, आर्थिक समृद्धिसँग जोड्ने छौं, रुपन्देहीलाई नेपालकै नमूला जिल्ला बनाउनेछौं ।’

क्षेत्र नम्बर ३ ९२० का उम्मेदवार रामचन्द्र ढकालले निर्वाचनका बेला भ्रम छर्नेहरु यसपटक पनि उम्मेदवार भएर फेरि हुने नहुने आश्वासन बाँडिरहेको बताउँदै यसतर्फ सचेत हुन आम मतदातासँग आग्रह गरे ।

Previous Post

कांग्रेसको अनुगमन उपसमितिमा तीन सय ७३ सदस्य थप

Next Post

कोभिड– १९ ले पुरुषको प्रजनन क्षमतामा असरः अनुसन्धान

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
नेपालमा थप १०४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

कोभिड– १९ ले पुरुषको प्रजनन क्षमतामा असरः अनुसन्धान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In