१. बडा महाराज पृथ्वी नारायण शाह ले बनारस बाट ३ जना मुसलमान हरु आँफैले गोर्खा ल्याइ तिनै जना लाई अजिटन एड्जुटेन्ट को सैनिक पद दियर हतियार र बारुद बनाउने कारखाना खोले।
उस बखतको अजिटन को पद हालको जमदार सरह हो। तर काम गर्ने सक्ती हाल को कप्तान को सरह थियो। भेखा सिंह, मोहम्मद ताकी र सेख जरवार थिय ति ३ जना मुसलमानहरु।
२. राज कुमार बहादुर शाह ले फ्रान्सका ‘मसे दिल पेसी’ लाई सर्दार को मान दियर हतियार र गोली बनाउने काम लगाए। त्यस पछी पनि उनले फ्रान्स बाट कालिगढ ल्यायर तोप, बन्दुक बनाउन लगाए। मलाई लाग्छ, गोर्खा शाह बन्श मा राजाकुमार बहादुर शाह कै पालामा नै होला लडाईंका लागि तोप बनाइयका पनि। त्यस भन्दा अगाडि बिदेसीसँगका युद्धमा खोसेका तोपहरु थिय।
वास्तव मा बहादुर शाह नै नेपाली सेनामा हात हतियार ले सुसज्जित गर्ने पहिलो नायक थिय। उनले प्युठान नेपाल मा गाभे पछी त त्याहा नेपाल कै सबै भन्दा ठुलो हतियार कार्खाना स्थापना गरेका थिय।
३। बि स १८९० मा जनरल भिम सेन थापाले बालुजुमा बन्दुक कारखाना, स्वोयम्भुमा बारुद कारखाना , अनी चागल र ठिमी मा गट्ठा घर निर्माण गराए ।
४. प्रधान मन्त्री जँग बहादुर राणा ले पनि धेरै हतियार कारखाना स्थापना गरे। काठमाडौं को टुडिखेल मुनी को जंगी मेग्जिन, नक्खु जंगी मेगजिन, ठिमी, चोभार , पुलचोक आदिमा समेत् कारखाना खोले। अन्तिम नेपाल भोट युद्धमा नेपालले धेरै तोप बनायको थियो, जंग बहादुरको आदेसमा।
५. प्रधान मन्त्री वीर सम्सेर राणाको पालामा उनको छोरा जनरल गेहेन्द्र सम्सेर ले नै हालको जमल मा नै ठुलो हतियार कारखाना खोली युरोपमा समेत नबनेका हतियार बनाय।

६. प्युठान को हतियार कारखाना यो बहादुर शाह को पालामा स्थापित थियो। जनरल भिम सेन थापाको पालामा त यहाँ दिन को ४०० देखी ५०० जना कामदार ले काम गर्थे। हरेक ठाउका हतियार बनाउने प्रमुख कालिगढ लाई खलिफा भनिन्थ्यो।
यो कारखाना बाट बर्षको ३००० नाल सम्म बन्दुक बन्थे। बि स १९०६ साल मार्ग सुदी ६ रोज २ को तेरिज अर्थात लगत हेर्दा बर्षको २१०१ नाल बन्दुक बनेको छ। बि स १९१८ को तेरिज हेर्दा यो कारखानामा उस बखतको अत्याधुनिक बन्दुक ‘लि इनफिल्ड राइफल’ समेत् यहाँ बनेकोछ। एउटा यो राइफल बनाउन १८ धार्नी फलाम चाहिन्थ्यो। बारुद बनाउने कारखाना पनि यहाँ थियो। बि स १९७१ सालको लगतमा दैनिक बारुदखाना मा काम गर्ने ५० जना थिय।
७. नेपाल भरी नै हतियार, बारुद, गोली बनाउने कारखाना ठाउँ ठाउमा थिय। आवश्यकताले नै कारखाना स्थापना भय। तर ति कुन कुन ठाउमा थिय भन्ने बारेमा अनुसन्धान हुनु जरुरी छ।
अ.प्रा. सहायक रथी डा. प्रेम सिंह बस्न्यातको फेसबुकबाट साभार













