सांस्कृतिक–धार्मिक र राजनीतिक वखेडा वा प्रपञ्चको शोषण पद्धति हो । जसले साँचो स्वतन्त्रता चाहन्छ प्रकृति र विकृतिलाई सम्झेर, नरनारीको यथार्थ प्रेमपूर्ण सम्बन्धको सार्थकता ल्याउनुपर्छ । सम्बन्धको सीधा मन, प्राण, हृदयमा संलग्न हुनुपर्छ । सम्बन्ध, स्वार्थ, दुव्र्यवहार सिद्धिमा आधारित हुनुहुन्न तब मात्रै जीवनको पूर्णता प्राप्त हुन सक्नेछ ।
पैसाले चिन्ता र भयलाई जन्म दिन्छ । परिवारले छोराछोरीका साथ प्रपञ्चको झमेलालाई जन्म दिन्छ । यिनीहरूको पालन पोषण गर्दागर्दै मनुष्य आत्महन्ता हुन्छ । जीवनको आनन्दको ठाउँमा झमेलाको जीवन पाएर मृत्युमा पुग्छ । सम्पत्ति, स्त्री तथा कीर्तिको त्याग गर्न सके क्षमता उत्साह, जीवन्तता अलौकिकता, ईश्वरता सत्, चित्, आनन्दत्व सहज सरल रूपमा प्रकट हुन्छ ।
सामाजिक स्तरमा कुनै अवस्थामा पनि समाजलाई भय र लोभबाट मुक्त गर्न सहज छैन । व्यक्तिगत स्वार्थ, घरेलु परिवारिक मोह, सामाजिक, सांस्कृतिक, राजनैतिक, धार्मिक रुचि र लोभले सामाजिक जीवन नष्ट हुन्छ ।
जो मनुष्य जाग्न चाहन्छ प्रज्ञा र शान्तिको भाव राख्छ । उसले भय र लोभको कारण सम्झिनुपर्छ । सम्झेपछि त्याग गर्नैपर्छ । अन्य कोही उपाय स्वतन्त्र हुने छैन ।
शरीरमा चेतनाको सम्बन्धले स्वतः नै अहंको प्रकाश गर्दछ । अब अहङ्कारलाई कति महत्व दिने नदिने काम रुचिका अधीन भयो भने काम बिग्रियो, यो काम प्रज्ञाका अधीन हुनुपर्छ ।
अहं–आज्ञान–इच्छा–आशा अपेज्ञा–प्रतीक्षा–तृष्णा–लोभ–मोह–क्रोध– पतन–चिन्ता–मृत्यु जन्म–पुनः अहं– यही हो— अभियानको परम्परा ।
विवेकवान्का जीवनमा सङ्कोच र डर हुँदैन । उसका जीवनमा श्रद्धा र निर्भयता हुन्छ । उसले केवल बाहिरको कर्म मात्रै होइन हृदयको श्रद्धा हेर्दछ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













