• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

    हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

    पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

    पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

    मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

    बिक्री हुन थाल्यो तम्घासमा फोहोर

    बिक्री हुन थाल्यो तम्घासमा फोहोर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

    हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

    पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

    पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

    मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

    बिक्री हुन थाल्यो तम्घासमा फोहोर

    बिक्री हुन थाल्यो तम्घासमा फोहोर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

झरना थापाले किन लेखिन् – मर्नु न बाँच्नुको पीडा भइरहेको छ !

by
२६ भदौ २०८०,
0
झरना थापाले किन लेखिन् – मर्नु न बाँच्नुको पीडा भइरहेको छ !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आफूहरूले निर्माण गरेको ‘एक भगवत् गीता’ लाई सेन्सर अनुमति नदिइएपछि निर्देशक झरना थापा तनावमा परेकी छन् । यसैको चिन्ताले गए राति निदाउन नसकेको उनले बताएकी छन् ।

‘मान्छेलाई अत्यन्तै पीडाबोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ, जुन आज म महसुस गरिरहेको छु’, मध्यरातमा फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘आफ्ना सारा स्रोत सम्पत्ति, सपना र अहिलेसम्मको चलचित्र कर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भइरहेको छ ।’ चलचित्र विकास बोर्डले सेन्सरका लागि सिफारिस दिन अस्वीकार गरेपछि यही भदौ २९ गतेदेखि गरिने भनिएको नेपाली चलचित्र ‘एक भगवत् गीता’को प्रदर्शन अन्योलमा परेको छ ।

हिन्दु जागरण नेपाल, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिलगायत १३ वटा धार्मिक संस्थाले चलचित्रको नामअनुसार कथाको कुनै सम्बन्ध नभएको, केवल व्यापारका लागि श्रीमद् भगवद् गीताको दुरुपयोग गर्न खोजिएको भन्दै चलचित्र विकास बोर्डमा निवेदन दिएपछि ‘एक भगवत् गीता’ ले सेन्सरका लागि सिफारिस नपाएको हो ।

ती संस्थाले संयुक्त रूपमा दिएको निवेदनमा भनिएको छ, ‘समग्र स्क्रिप्ट अध्ययन गर्दा हालको नामअनुसार ‘एक भगवत् गीता’मा कहीँ कतै छेउ न टुप्पो कुनै सम्बन्ध नभई केवल भगवद्गीताको नाम राखेर व्यावसायिक प्रयोजनको लागि पब्लिक सेन्टिमेन्ट मात्र प्रयोग गर्न खोजिएको र सनातनीहरूको पवित्रग्रन्थ श्रीमद्भगवद् गीताको दुरुपयोग गर्न खोजेको हाम्रो ठहर छ ।

तसर्थ यो चलचित्रमा राखिएको नाम एक भगवत् गीता नाम हटाई अर्को नाम राखेर चलचित्र चलाउँदा हाम्रो कुनै आपत्ति नरहेकोले चलचित्रको नाम नफेरी बोर्डबाट सेन्सरको लागि सिफारिस नगरिदिनुहुनको लागि अनुरोध छ । अन्यथा यसबाट पर्न जाने क्षतिको सम्पूर्ण जिम्मेवारी चलचित्र विकास बोर्ड, सेन्सर बोर्ड, निर्माता निर्देशक तथा सरोकारवाला सबै पक्षले नै लिनुपर्ने छ ।’

अभिनेत्री थापाका अनुसार ‘एक भगवत् गीता’ लाई प्रदर्शन गर्न दिने कि नदिने भन्ने विषयमा आज निर्क्योल हुनेछ । ‘बारम्बार हामीले हाम्रो चलचित्रको कथावस्तु सुनाएर, श्रीमद् भगवद्गीताको अवहेलना नभएको सप्रमाण बताइरहँदा पनि चलचित्रलाई सेन्सर अनुमति नै दिइएको छैन र निर्क्योल आइतबार ९आज० गरिने भनेर भनिएको छ’, थापाले निराशा व्यक्त गर्दै लेखेकी छन्, ‘‘थाहा छैन, हाम्रो चलचित्र हजुरहरूको आँखासम्म आउन पाउँछ कि पाउँदैन रु’

हेर्नुस् झरना थापाको पूरा स्टाटस
मध्यरातमा मैले आज यो लेखिरहँदाखेरि धेरै जना निदाइसक्नुभएको होला, कति जना अझै निदाउनु भएको छैन होला । मान्छेलाई अत्यन्तै पीडाबोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ, जुन आज म महसुस गरिरहेको छु । प्रार्थना गर्छु– जोजति जना निदाउनु भएको छैन, हजुरहरू ननिदाउने कारण मेरोजस्तो नहोस् ।

मैले मेरो जीवनको तीन दशक अनवरत रूपमा चलचित्र क्षेत्रमा दिएँ। प्रिय दर्शक हजुरहरूको मायाले म पर्दामा छाइरहेँ । मैले पनि दिनरात, झरीबादल, घरपरिवार नभनी हजुरहरूलाई मनोरञ्जन दिन अथक काम गरिरहेँ । सम्पूर्ण नेपाली दर्शकहरूको माया र साथको कारणले म अभिनय हुँदै निर्देशनमा आइपुगेको छु । म जहाँ छु, जे छु, जस्तो छु, म नेपाली जन र नेपाली मनको आशीर्वादले छु । यही प्रेरणाले म मेरो अन्तिम साससम्म चलचित्रमै काम गर्छु भनेर हिँडिरहेकी छु । मेरो जिन्दगी भनेकै चलचित्र कर्म र दर्शकहरूको खुसी हो, त्यसबाहेक केही छैन ।

मैले निरन्तर चलचित्र गरिरहेको छु र निर्देशकको रूपमा हजुरहरूको माया र स्नेह निरन्तर पाइरहेको छु । यही क्रममा समाजको केही यथार्थलाई टिपेर एउटा चलचित्र हामीले बनायौँ । चलचित्रको कथावस्तु तथा मेरो भगवान् श्रीकृष्णप्रतिको असीम आस्थालाई केन्द्रमा राखेर चलचित्रको नाम ‘एक भगवत् गीता’ राख्यौँ । मैले मेरो जीवनभर राष्ट्र, हाम्रो देशको इतिहास, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आँच आउने कर्म अहिलेसम्म कहिल्यै गरेको छैन । हामीले एक भागवत् गीता निर्माण पूरा गरेर अब हजुरहरूको हातमा सुम्पन तयार भइसकेपछि चलचित्रको नाममाथि प्रश्न उठाइयो । हामीले उठेका प्रश्नहरूको विनम्रतापूर्वक उत्तर दियौं । हामीले हाम्रो चलचित्रमा हिन्दु पवित्रग्रन्थ श्रीमद् भगवद्गीताको कुनै पनि अवहेलना गरेका छैनौँ भनेर कथाको सार नै प्रस्तुत ग¥यौँ । चलचित्रको स्क्रिप्ट नै अध्ययन गर्न दियौँ । अझ चित्त नबुझे रिलिजपूर्व चलचित्र हेर्न पनि अनुरोध ग¥यौँ ।

प्रिय दर्शकवृन्द१ मेरो आफ्नो जीवन नै भगवान् श्रीकृष्णको आस्थामा चलेको छ र श्रीमद् भगवद् गीता आफैँमा मेरो चलचित्र कर्मको प्रेरणा हो । म धार्मिक आस्था र सहिष्णुतामा सचेत छु र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको छु । बारम्बार हामीले हाम्रो चलचित्रको कथावस्तु सुनाएर, श्रीमद् भगवद्गीताको अवहेलना नभएको सप्रमाण बताइरहँदा पनि चलचित्रलाई सेन्सर अनुमति नै दिइएको छैन र निर्क्योल आइतबार ९आज० गरिने भनेर भनिएको छ । आफ्ना सारा स्रोत सम्पत्ति, सपना र अहिलेसम्मको चलचित्र कर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भइरहेको छ । थाहा छैन, हाम्रो चलचित्र हजुरहरूको आँखासम्म आउन पाउँछ कि पाउँदैन थाहा छैन ।

प्रिय दर्शकहरूको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउँछ कि पाउँदैन रु सत्य बोलिरहँदा पनि सही छु भनेर दसी प्रमाण दिइरहँदा पनि कसैले न सुनिदिएपछि अन्तिममा फैसला त भगवान्ले गर्नु होला नि हैन ?
मैले मेरो फैसला मेरो भगवान्को हातमा छोडिदिएको छु
प्रिय दर्शकहरू !
भगवान् श्री कृष्ण !!
हरे कृष्ण !!!

Previous Post

जग्गा वर्गीकरण नगर्दा कारोबार ठप्प

Next Post

टर्कीको गुफामा फसेका अनुसन्धानकर्ताको ९ दिनपछि उद्धार

सम्बन्धित खबर

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की
आवाज

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

१० बैशाख २०८३,
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
आवाज

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

१० बैशाख २०८३,
पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
आवाज

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

१० बैशाख २०८३,
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
आर्थिक

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

१० बैशाख २०८३,
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
आर्थिक

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

१० बैशाख २०८३,
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
आर्थिक

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

१० बैशाख २०८३,
Load More
Next Post
टर्कीको गुफामा फसेका अनुसन्धानकर्ताको ९ दिनपछि उद्धार

टर्कीको गुफामा फसेका अनुसन्धानकर्ताको ९ दिनपछि उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In