शरीरको बनावटलाई आकर्षक बनाउन ब्राको प्रयोग गर्ने गरिन्छ भने स्तनको स्वास्थ्य र सही आकारका लागि पनि ब्रा लगाउन जरुरी हुन्छ । तर २४सै घण्टा ब्रा लगाइरहनु भने हुँदैन । २४ सै घण्टा ब्रा लगाउनाले शरीरमा केही समस्याहरू देखिन्छन् —
लगातार लामो समयसम्म ब्रा लगाउनाले शरीरमा रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन र स्तनमा दुखाइको समस्या बढ्दै जानसक्छ । शरीरलाई असहज महशुस हुन्छ र अन्य विभिन्न आन्तरिक समस्याहरू पैदा हुन सक्छ ।
लगातार लामो समय ब्रा लगाउनाले ढाड दुख्ने समस्या पनि हुन सक्छ भने कसिलो ब्रा लगाउनाले त झन् यस्तो समस्या दोब्बर हुन सक्छ । शरीरको कोमल छालामा डाम पर्छ । त्यसले चिलाउने समस्या बढाउन सक्छ । त्यस्तै कसिलो ब्रा लामो समयसम्म लगाउने बानीले शरीरको आकार पनि नराम्रो बनाइदिन्छ र शरीरमा घाउसम्म हुन सक्छ ।













