• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रसुति गृह तथा स्त्रीरोग अस्पताल स्तरोन्नतिको पर्खाइमा

by
२१ भदौ २०८०,
0
प्रसुति गृह तथा स्त्रीरोग अस्पताल स्तरोन्नतिको पर्खाइमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालको स्तरोन्नतिको पर्खाइमा छ । बिरामीको अत्यधिक चापलाई ध्यानमा राखेर अहिले रहेको ४१५ शैय्याबाट स्तरोन्नति गरी ७०० शैय्या पु-याउन लागिएको हो ।

अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारी बिरामीको चापलाई ध्यानमा राखेर शैय्या थपेर अस्पताल सञ्चालन गर्नुपरेको बताए । उनका अनुसार सात सय शैय्याका सञ्चालन लागि आवश्यक जनशक्तिका माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कर्मचारीको सङ्गठन तथा व्यवस्थापन ९ओएनएम० का लागि अनुरोध गरिएको छ ।

सरकारले निःशुल्क शैय्या व्यवस्था गरेपछि अस्पतालमा बिरामीको चाप बढेको छ । “पाठेघरका महिलालाई पनि शैय्या निःशुल्क गरेपछि बिरामीको सङ्ख्या बढेको छ,” उनले भने , “पहिला दिनमा ७० देखि ८० जना भर्ना हुन्थ्यो भने अहिले सयभन्दा बढी बिरामी भर्ना हुने गर्दछन् ।” बिरामीको चाप बढेपछि प्रसुति भएको महिनालाई आठदेखि १० घण्टामा नै घर पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

अस्पतालमा एउटा मात्र भवनमा सबै सेवा दिइरहेको अस्पतालले कुपण्डोलमा बनिरहेको सय शैय्याको नयाँ भवनमा सर्ने तयारी गरेको छ । नयाँ अत्याधुनिक छ तले भवनमा चार वटा तलामा उपचार सेवा र दुई तला पार्किङ रहनेछ । नयाँ भवन बनेपछि अस्पतालले प्रसुति बाहेकका सबै सेवा उपलब्ध गराउने तयारी गरिएको छ । स्त्रीरोग, सुरक्षित गर्भपतन, टेष्टट्युव बेबी (आइभिएफ) र अरु सेवा त्यहीँबाट प्रदान गर्ने अस्पतालका निर्देशक डा अधिकारीले जानकारी दिए। अस्पतालको भवन छ महिनाभित्र सक्ने गरी काम भइरहेको छ ।

उनले प्रसुति बाहेकका सबै सेवा कुपण्डोलमा सारेपछि थापाथलीमा खाली हुने भवनमा प्रसुतिका विरामीलाई क्याबिनमा राख्न सक्ने, सघन उपचार कक्ष (आइसियु) र नवजात सघन हेरचाह एकाई (एनआइसियु) जस्ता सुविधा थप गर्ने योजना रहेको बताए । अस्पतालमा अहिले १० शैय्याको (एनआइसियु) र स्पेशल बेबी केयर युनिट ३० शैय्या रहेको छ । बाहिर अस्पतालमा धेरै महङ्गो उपचार हुने भएकाले अहिले बिरामीको पहिलो रोजाई प्रसुति अस्पताल बनेको छ ।

“अन्य अस्पतालमा महङ्गो उपचार रहेकाले धेरै बिरामीहरु हाम्रै अस्पतालको एनआइसियुमा उपचार गर्न आउने गर्दछन्,” उनले भने, “जटिल खालका रोगको उपचारका लागि पनि धेरै बिरामी आउने गर्दछन् । त्यसैले एनआइसियु शैय्या थप्ने तयारीमा छौँ ।”उनका अनुसार अस्पतालले एक महिनाभित्र थप १० वटा एनआइसियु शैय्या भेन्टिलेटरसहित सञ्चालनमा ल्याउनेछ । थप १० शैय्या थप्दा धेरै नवजात शिशुलाई बाहिर अस्पतालमा रिफर गर्नु नपर्ने उनको भनाइ रहेको छ । बाहिर अस्पतालको एनआइसियु धेरै महङ्गो रहेको र प्रसुति अस्पतालमा भने एनआइसियु निःशुल्क रहेको छ ।

काउण्टर थप्दै

अस्पतालले बिरामी छिटो सेवा प्रदान गर्नका लागि काउन्टर थप्ने तयारी रहेको छ । बिरामीलाई दुई घण्टाभित्र उपचार गरेर घर फर्कन सकून् भनेर काउन्टर थप गरिएको उनी बताए । धेरै बिरामीको आउन थालेपछि एउटा पैसा तिर्ने काउन्टर र अर्को टिकटको काउण्टर थपिने भएको छ । यस्तै फार्मेसी पनि दुईटा काउन्टर थपेर तयारी रहेको छ ।

अस्पतालले अहिले कुपण्डोलमा टेष्टट्युव बेबी (आइभिएफ) सेन्टर सञ्चालन गरेको छ । प्रत्येक दिन ७० जना निःसन्तान बिरामीको उपचार गर्ने गरेको छ । तीमध्ये सामान्य विरामीलाई उपचार गरी घर पठाउने र आइभिएफका लागि भने महिना–महिनामा एक पटक कुपण्डोलस्थित अस्पतालबाट उपचार सेवा दिने गरेको जनाएको छ ।

आइभिएफलाई व्यवस्थित गर्नका लागि नयाँ उपकरण खरिद गर्न थालेको बताए। दूरबिनबाट शल्यक्रिया, ल्याप्रोस्कोपी विधिबाट पाठेघरको शल्यक्रिया, अण्डाको ट्युमर, सानासाना शिष्ट, बच्चा नहुने महिलालाई पाठेघरको उपचार अस्पतालले गरिरहेको छ । “पहिला हामीले महिलालाई सबै सेवा दिन सकेका थिएनौं” उनले भने, “हप्तामा छ वटासम्म दूरविनबाट शल्यक्रिया गर्दछौं । चिरेर शल्यक्रिया पनि थुप्रै गर्दछौं ।”

अस्पतालले निःसन्तान परिवारका लागि उपचारका लागि काठमाडौँ आउनु झन्झट हटाउन थालेको छ । सरकारले चारवटा आइभिएफ सेन्टर खोल्ने योजनासहित अस्पतालले बिरामीलाई काठमाडौँ आउनुपर्ने अवस्थाको अन्त्य गर्न थालेको हो । सरकारले निःसन्तान परिवारका लागि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र मधेश प्रदेशमा गरी चारवटा आइभिएफ सेन्टर स्थापना गर्ने तयारी गरेको छ ।

आभिएफका लागि चिकित्सक, नर्स र ल्याबटेक्निसियनलाई चारवटै सेन्टरका दुई ब्याचको तालिम दिइसकेको छ । काठमाडौँ आउन झन्झटिलो, खर्चिलो हुने र उपचारमा बस्न पनि लामो समय लाग्ने भएकाले त्यहाँका बिरामीलाई उपचार गर्नका लागि हामीले स्वास्थ्यकर्मीलाई आइभिएफसम्बन्धी तालिम दिन शुरु गरिसकेको उनले बताए । अब ८० प्रतिशत बिरामीलाई काठमाडौँ आउनुपर्ने झन्झट र खर्चिलो उपचार गर्नुपर्ने कम हुने उनको भनाइ छ । अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० अन्तर्गत छात्रवृत्तिमा १५ जना विद्यार्थीलाई एमडी अध्ययन पढाउन शुरु गरेको छ ।

नियमित अडिट

लामो समय अस्पतालमा बसेका बिरामीको नियमित अडिट गर्ने गरेको उनी बताए । के कारणले बिरामी लामो समय अस्पतालमा बस्नु परेको भन्ने कुरा अडिटबाट थाहा हुने उनको भनाइ छ । “कुनै बिरामीे लामो समय अस्पतालमा के कारणले बस्नुप¥यो भनेर आन्तरिक अडिट गर्दछौं” उनले भने , “हाम्रै कारणले लामो समय बस्नुप¥यो कि हाम्रा के कमजोरी भएका छन्, कुन औषधि चलाउँदा राम्रो हुन्थ्यो कि त्यसको पत्ता लगाउनका लागि नियमित अडिट गर्दछौँ ।”

अस्पतालले अहिले प्रसुतिसम्बन्धी र नवजात शिशुको उपचारको साथै आमा सुरक्षा कार्यक्रमअनुसार नवजात शिशु र गर्भवतीलाई सबै सेवा निःशुल्क प्रदान गर्दै आइरहेको छ । “अस्पतालमा एउटा नर्सले १५ देखि २० गर्भवतीका बिरामी हेर्नु परेको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० अनुसार त्यो धेरै नै कमी हो । डब्लुएचओले एक जना नर्सले दुई गर्भवतीको उपचार गर्न सक्छन् भन्ने मापदण्ड रहेको छ,” उनले भने, “हामीसँग जनशक्तिको कमी छ ।”
‘ह्युमन मिल्क बैँक’ प्रभावकारी

अस्पतालले एक वर्षअघि ‘ह्युमन मिल्क बैँक’ ९वृहत स्तनपान व्यवस्थापन केन्द्र० प्रभावकारी दिेखिएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ ३ गते दूध खान नसक्ने शिशुलाई अरु आमाको दूध सङ्कलन गरेर खुवाउनेका लागि बैंकको शुभारम्भ गरेकी हुन । अहिले दैनिक १० जना आमाहरुले दूध दान गर्ने गरेका छन् ।

समयभन्दा अगाडि जन्मेका, गम्भीर विरामी भएका, जन्मिनेबित्तिकै रुन नसक्ने हातखुट्टा नै लल्याकलुलुक भएका, आइसियुमा रहेका, आमाको दूध राम्रोसँग तान्न नसक्ने बच्चालाई मिल्क बैंकमा जम्मा भएको दूध दिने गरिन्छ । बैंकमा अहिलेसम्म ७४९ आमाबाट ४५६ लिटर आमाको दूध सङ्कलन गरिएको छ । यसमा ४४८.८८ लिटर आमाको दूध निर्मलीकरण गरी ८७३ शिशुलाई ३९९.८९ लिटर खुवाइको बैंकका व्यवस्थापक स्मृति पौडेलले जानकारी दिए ।

Previous Post

अमेरिकी व्यापार घाटा वृद्धि

Next Post

म्यान्माकी अस्वस्थ नेत्री सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप

सम्बन्धित खबर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
आवाज

नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

१३ असार २०८३,
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
आवाज

पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

१३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
Load More
Next Post
सुकीलाई २३ वर्षको जेल, अस्ट्रेलियाली अर्थशास्त्रीलाई तीन वर्षको सजाय

म्यान्माकी अस्वस्थ नेत्री सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In