• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तीनधारे झरनाको प्राकृतिक सुन्दरतामा रम्दै पर्यटक

by
२१ भदौ २०८०,
0
तीनधारे झरनाको प्राकृतिक सुन्दरतामा रम्दै पर्यटक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धुलिखेल । पारि भित्तामा झरना एकनासले सुसाइरहेको छ ।

वारि डाडाँमा बसेर झरनाको प्राकृतिक मनमोहक दृश्य नियालेर मन्त्रमुग्ध हुँदै तस्बिर कैद गर्नेको दैनिक घुइँचो बढ्दै गएको छ तीनधारे झरना क्षेत्रमा ।

जहाँ घुम्न जानेहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएपछि पहिला झरनाजस्तै सुनसान बनेको काफलडाँडामा अचेल त्यहाँ गएर रमाइरहनेहरुको घुइँचो उत्तिकै छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको तीनधारे झरना पछिल्लो समयमा सबैको रोजाइको केद्र बनेको छ ।

‘‘झरना हेर्न र घुम्न त आइयो तर त्यहाँसम्म त जान सकिँदैनजस्तो छ, यहीँबाट पनि राम्रो देखिने रहेछ”, तीनधारे झरना घुम्न पुगेका पत्रकार रक्तिम लामाले भने , “यतैबाट हेरेर फर्किनु पर्ला ।”

झरनाको सुन्दर दृश्य अवलोकन गर्न वारि डाँडामा निर्माण गरेको रेलिङमा अडेस लगाउँदै उनले भने । यहाँको प्राकृतिक सुन्दरताका कारण प्रकृतिमा रम्न चाहनेहरु दैनिक रुपमा यसरी नै त्यस ठाउँमा पुगेर आनन्द लिने गरेका छन् । झरनाको कञ्चन पानीमा पौडी खेल्ने र छङ्छङ् झरिरहेको पानीमा रुझेर आनन्द लिनेहरुको भीड पनि उत्तिकै छ त्यहाँ ।

काठमाडौँबाट झरना अवलोकन गर्न काफलडाँडा पुगेका मिङ्मा शेर्पाले पर्यटन विकासको सम्भावना बोकेको ठाउँ अति नै मनमोहक लागेको बताए ।

झापा घर भएर काठमाडौँ बस्दै आएका उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत झरनाका बारेमा जानकारी पाएको बताउँदै त्यहाँ पुग्दा झन् मोहित बनेको सुनाए ।

झरनासम्म पुग्नका लागि सडक सुविधामा भने सुधार गर्नुपर्ने उनको सुझाव छ । बालककालदेखि नै सो डाउँमा घाँसदाउरा गर्दै आउनुभएका वडा नंं २ का स्थानीय बासिन्दा हिराकाजी बलले झरनाको प्रचार भएपछि मात्र यस ठाउँले विकासमा फड्को मार्न सकेको बताए ।

पहिलादेखि प्रख्यात रहेको भुरुङ्गे लेकसम्म मोटरबाटो भएको खण्डमा डाँडापारिबाट समेत घुम्न आउनेको सङ्ख्यामा वृद्धि हुने उनको भनाइ छ ।

वडा नं १ ताङलिङका अर्का बासिन्दा सिंगध्वज थोकरले झरना भएको ठाउँमा पहिला शक्तिशाली नाग रहेको पुर्खाहरुले सुनाउने गरेको स्मरण गर्छन् ।

पहिला सबै ठाउँका नागहरु शनिबार भेला हुने गरेको कथनसमेत सुनाउने गरेको पुर्खाको भनाइ उद्धृत गर्दै उनले भने । जिल्ला सदरमुकामबाट करिब ३० किलोमिटरको दूरीमा रहेको सो ठाउँ प्रचारमा आएसँगै त्यहाँ घुम्न जानेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

सो क्रममा झरनाको अवलोकन गर्न पुग्नुभएको नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा झरना भएको ठाउँमा पुगेपछि छुट्टै आनन्द मिल्ने गरेको अनुभूति भएको बताए ।

सो ठाउँको विकासका लागि अन्तरपालिकाको समन्वय बैठकबाट विकास र प्रवद्र्धनका लागि गर्न सकिने सहकार्यमा हातेमालो गर्ने योजना बनाउन अगाडि बढ्ने बताए ।

प्रचारको प्रभाव बढ्दै गएको र यसको महत्व पनि फराकिलो बन्दै गएको अवस्थामा अब राष्ट्रियस्तरको पर्यटकीय क्षेत्र बनाउन पहुँच मार्ग निर्माण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । “अहिले पालिकाको सीमित स्रोतसाधनबाट मात्रै प्रयास गर्दै आएका छौँ, अब प्रदेश सरकारसम्म यसको कुरा पुगिसकेको छ”, उनले भने ।

झरना क्षेत्रलाई अझ सुधार गर्दै पर्यटकको गन्तव्यस्थल बनाउन पालिकाले विस्तृत परियोजना रिपोर्टसमेत बनाइसकेको छ । पालिकाले अहिले झरनासम्म जाने मोटरबाटोको स्तरोन्नति गर्ने र माथि डाँडाबाट झरनासम्म जाने बाटोमा रेलिङ हाल्ने काम भइरहेको उनले भने ।

जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले झरनाको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढेसँगै स्थानीय बासिन्दाको आयस्तरमा पनि वृद्धि हुने खालको योजना बनाउन आवश्यक रहेको बताउछन् ।

पर्यटकलाई स्थानीय उत्पादनको परिकार खुवाएर आम्दानी लिने र त्यहाँ पाइने जडीबुटीको प्रशोधन गरी आम्दानीको स्रोतमा वृद्धि हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनको जोड छ ।

उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले झरना क्षत्रेमा पुगेर मुलुकले समृद्धि, आर्थिक विकास र जीवनस्तरमा सुधार ल्याउन तीनधारे झरनाको पर्यटकीय विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले तीनधारे झरना काभ्रे जिल्लाकै सम्पत्तिका रुपमा रहेकाले यस क्षेत्रको अझ थप विकास गर्न सबै राजनीतिक दल र सामाजिक व्यक्तित्वहरु हातेमालो गर्नुपर्ने बताए । उनले झरना क्षेत्रमा जिपलाइन सञ्चालन गरेर पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना रहेको उल्लेख गरे ।

दाप्चादेखि फलामेसाँघु र फलामेसाँघुदेखि काफलडाँडा तीनधारे झरनासम्म गरी दुई खण्डमा पक्की सडक निर्माणका लागि आफूले पहल गर्ने बताए ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले पर्यटकीय दृष्टिकोणले प्राकृतिक सुन्दरता र कृषिका लागि महत्वपूर्ण क्षेत्र रहेकाले तीनधारे झरनाको विकासको लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए । झरना जाने सिंढीहरु निर्माण, रेलिङलगायत पक्की सडक निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै काफलडाँडामा स्थानीयवासीले घरबास पर्यटन ९होमस्टे० समेत सञ्चालनमा ल्याएको छ भने स्थानीय बासिन्दाले त्यही उत्पादन भएको कृषिजन्य वस्तु बिक्री गरेर आम्दानीसमेत लिँदै आएका छन् ।

गाउँपालिकाले पनि झरनाको विकाससँगै नागरिकको जीवनस्तरमा सुधार ल्याउन वडा नंं २ को आयोजना तथा गाउँपालिकाको समन्वयमा ‘मनमोहक एवं प्रसिद्ध पर्यटकीयस्थल तीनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम’ आयोजना गरी विकास प्रवद्र्धनमा जोड दिएको छ ।

२०२८ सालमा तत्कालीन नेपाल पर्यटन विभागमा सूचीकृत भएको झरना यसअघि ओझेलमा थियो । कोरोना कहरको बीचमा मानिसहरु घुम्न जाने गरेपछि एकाएक चर्चामा आएको हो ।

Previous Post

प्रधानमन्त्री प्रचण्ड भदौ ३० मा न्युयोर्क जाने

Next Post

‘ब्रेकअप’पछि ‘ट्रोल’को शिकार भइन् आशा नेगी

सम्बन्धित खबर

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
फिचर-ब्यानर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

१३ असार २०८३,
नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

१३ असार २०८३,
Load More
Next Post
‘ब्रेकअप’पछि ‘ट्रोल’को शिकार भइन् आशा नेगी

‘ब्रेकअप’पछि ‘ट्रोल’को शिकार भइन् आशा नेगी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In