विराटनगर । बहुजन शक्ति पार्टी मोरङका अध्यक्ष नारायण पासवानले प्रतिनिधि सभा सदस्यका लागि दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । बहुजन शक्ति पार्टीका अध्यक्ष पासवानले एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिई नेपाली कांग्रेसका उम्मेदवार डा। शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई मोरङ बहुजन शक्ति पार्टीले समर्थन गर्न पाउँदा हामी गौरवान्वित भएका छौं, अध्यक्ष पासवान आफैंले जारी गरेको विज्ञप्तिमा लेखेका छन् ।
उनले आफ्ना पार्टीका प्रतिनिधिहरुलाई कांग्रेस उम्मेदवार कोइरालाको चुनावी अभियानमा जुटेर विजय गराउनसमेत आह्वान गरेका छन् ।













