१. धनीले आफ्ना आवश्यकता पूरा गरिसकेपछि जे जति धन सम्पत्ति बाँकी रहन्छ त्यो एक ट्रष्टको जिम्मा लगाउनुपर्दछ । विश्वका कुनै पनि भागमा मानिसले अन्न र वस्त्रका अभावमा दुःख, कष्ट भोग्नुपर्ने स्थिति सिर्जना हुनुहुँदैन । जीवनका प्राथमिक आवश्यकताका उत्पादनका साधन जनताको नियन्त्रणमा हुनुपर्दछ । कोही कुनै पनि हालतमा शोषणको सिकार बन्नु हुँदैन । आज हामीले विश्वमा जुन गरिबी देख्छौँ त्यसको कारण सिद्धान्तको उपेक्षा नै हो ।
२. मेरो साम्यवाद समाजवाद भन्दा धेरै भिन्न छैन । ती दुवैको स्वादिष्ट फल हो मेरो साम्यवाद ।
३. मेहनतकर्मी वर्ग यदि बुद्धिमानीपूर्वक एक भइदिने हो भने उनीहरुसँग कसैले पनि मुकाबिला गर्न सक्दैन । हृदय परिवर्तनबाट सबै सम्भव हुन्छ । वर्गयुद्ध अनावश्यक छ । हिंसा अमानुषिक हो, निषिद्ध हो र त्याज्य हो ।
४. ईश्वर सहिष्णु र धर्मशीला छन् किनकि उनले राम्रा नराम्रा सबैलाई यस संसारमा रहन दिन्छन् ।
५. चर्खा, माला र रामनाम मेरा लागि अलग वस्तु होइनन् । चर्खाले नै भारतको गरिबी हटाउँछ ।
६. गीता एक महान् धर्मकाण्ड हो । मेरो विचारमा त सबै धर्म त्यसमै छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













