मनको संरचना स्मृतिद्वारा भएको छ तसर्थ यसले लोभ र भयको भाषा बाहेक केही सम्झिँदैन । सन्दर्भ बदल्दै नामरूप बदल्दै जस्तो छ त्यस्तै रहनु यसको स्वभाव हो ।
जुन सौभाग्य बन्नेले मनलाई सम्झ्यो उसले इच्छालाई इच्छासित सम्बन्धित कर्म, आशा, अपेक्षा, पुनः आकाङ्क्षा अधिकको लोभ, सर्वदाको व्यर्थता, तुच्छता, मूर्खता जान्यो त्यो जहाँ छ, त्यहाँ स्वतन्त्र छ ।
विचार अरू स्वप्नलाई जान्नुपर्छ यी दुवै मिथ्या हुन् । मिथ्या सङ्केतद्वारा बुद्धिमा विकार ल्याइदिन्छन् जो मनुष्य मनोकल्पना, कुराकानी उधार शास्त्र नामका विधि निषेधका कुराहरू पढेर मन बदल्ने गर्दछ अथवा निन्दा प्रशंसानेर क्षण क्षणमा मन बदलिन्छ, हानि लाभ, सुखदुःखमा वृत्ति अनुकूल, प्रतिकूल बनाउँछ र मनको मुखको आकार बदलिन्छ । त्यस प्रकारका मनको अवस्था भएका वा सन्तोष, त्याग, वैराग्य नभएकाहरूले परमको चिन्तन वा शून्यमनको श्रवण गर्न सक्दैनन्, तिनीहरू लोभ भएकै क्षेत्रमा छन् ।
धेरैको लालसा, सदाको इच्छा स्थायित्वको कल्पनालाई एक शब्द सङ्केतमा लोभ भनेको के हो, भित्र बाहिर इहलोक परलोक, स्त्री, मदिरा, वैकुण्ठ, विष्णु, ध्यान, सामाधि मनोरथको सिद्धि, पितृ, भूव, ग्रह, कुलदेव सबै लोभका साथी आशा र तृष्णाले उभ्याएका प्रपञ्च हुन् । पूर्णतः क्षणिक र बदलिरहने
हुन् । जो मनुष्य एक पटक सुन्नासाथ यो कुरा बुझ्न सक्छ, त्यो मात्र असल साधक हो अन्यथा सबै कुपात्र हुन् । मनबाट तिनीहरूको उपेक्षा हुनुपर्छ ।
वेद, वेदाङ्ग, उपनिषद्, षड्दर्शन बाहेकका सबै संस्कृत साहित्य बुद्धपछिका रचना भएको हुनाले तिनका कथाहरूमा धेरै विसङ्गति पाइन्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













