• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    घुम्रबराहीमा युवा समाजद्वारा जिम क्लब सञ्चालन, युवालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य

    घुम्रबराहीमा युवा समाजद्वारा जिम क्लब सञ्चालन, युवालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य

    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    भोटेकोशी बाढीमा यातायात क्षेत्रका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

    व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भैरहवा भन्सारबाट व्यापक तस्करीको आशंका

by
१३ भदौ २०८०,
0
भैरहवा भन्सारबाट व्यापक तस्करीको आशंका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भैरहवा– एउटा घटना सेलाउन नपाउँदै अर्को घटना भैरहवा भन्सार कार्यालयमा निरन्तर हुँदै गइरहेको पाइएको छ । भैरहवा भन्सार कार्यालयले २०७८ पुसदेखि लक्ष्यअनुसारको राजश्व असुल गर्न नसकिरहेको बेला कर छलीको लागि विभिन्न गतिविधि भएका घटनाहरू बाहिरिरहेको छ ।

गत जेठको दोस्रो सातामा कीर्ते प्रज्ञापनमार्फत् भन्सार पास गराउन खोज्दा कार्यालयको ४ नम्बर गेटबाट एक ट्रक माछा बरामद भएको थियो । १० जना आरोपितलाई पक्राउ गरि भन्सार कानुनअनुसार कारबाही थाल्यो । त्यसलगत्तै सोही प्रकृतिको घटना भैरहवा भन्सार कार्यालयमा असारमा दोहोरियो ।

भारतबाट नेपालका लागि भित्रिएको प्याजसहितको मालबाहक ट्रक भन्सार जाँच पासबिनै बाहिरिन खोज्दा अन्नपूर्ण ट्रमिनलको सुरक्षा गार्डले रोकेका थिए । युपी ३१ टी ९९४१ नम्बरको प्याजसहितको ट्रक भन्सारको दोस्रो गेटबाट बाहिरि नै लाग्दा कीर्ते कागज भएको आशंकामा टर्मिनलले रोकेको हो ।

भन्सार छलीकै मनासायले भन्सारमा गत बिहीबार प्लाष्टिकको दाना भनेर भित्र्याइएको ट्रकमा फरक सामान पाइयो । भन्सार परिसर प्रवेश गर्दा गेटमा स्वघोषणा गरिएकोभन्दा फरक सामान पाइएपछि भैरहवा भन्सार कार्यालयले सामानसहित नेपाली र भारतीय ट्रक अनुसन्धानका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको समयमा सोमबार पनि सोही प्रकृतिको घटना बाहिरिएको छ ।

औषधिको कच्चा पदार्थ भनी भन्सार परिसरमा भित्रिएको ट्रकमा आइतबार राति ३७ पोका कपडा भेटिएको छ । डिएल १ जिसी ४४४६ नम्बरको ट्रक परिसरमा प्रवेश गरि भन्सारका लागि प्रक्रियामा आएको थियो । ३ दिनदेखि सामान देखाउनका लागि भने पनि आनाकानी गरेको पाएपछि शंका लागेर जाँच गर्दा कपडा र जुत्ता चप्पल भेटिएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जानकारी दिए । त्यो घटनामा यूपी ८४ टी ५३४७ नं।को ट्रकको पनि संलग्नता पाइएको छ ।

उनका अनुसार घटनामा संलग्न भएको आशंकामा एकजना भन्सार एजेन्टसहित दुईजनालाई पक्राउ गरिएको छ । उक्त ट्रकभित्र रहेका कपडाका पोकामा रक्सौल नाका कोड गरिएकोले उक्त सामान काठमाडौं आसपासको हुनसक्ने भन्सार कार्यालयले आंकलन गरेको छ ।

तर, पनि रक्सौलबाट जानुपर्ने ट्रक भैरहवा भन्सार हुँदै प्रवेश गर्नुले भित्रैका केही व्यक्तिको सेटिङमा यहाँबाट ट्रकका ट्रक सामान तस्करी भइरहेको छ भन्ने पुष्टि भएको छ ।

आइतबार बेलुका भन्सार गेटबाट प्रवेश गरेको उक्त ट्रकभित्र तोकिएभन्दा फरक सामान रहेको भन्ने गोप्य सूचनाको आधारमा निगरानीमा राखिएको प्रमुख भन्सार अधिकृत पौडेलको भनाइ छ । राति साढे १० बजे सामानको प्रकृति चेकजाँच गर्ने क्रममा पोका खोल्न आलटाल गरेपछि सोमबार बिहानै चेकजाँच गर्ने भनी कर्मचारी घर लागे ।

यही मौका छोपी ट्रकभित्र रहेका १९ वटा पोका रातारात अर्को ट्रकमा स्थानान्तरण गरेको पाइएपछि केहीबेर सोमबार बिहानै भन्सारभित्र हल्लीखल्ली चल्यो । खोज्दै जाँदा उक्त ट्रकभित्र रहेका कपडाका १९ वटा पोका युपि ८४ टी ५३४७ नम्बरको ट्रकमा फेला परेकाले दुवै ट्रकलाई नियन्त्रणमा लिइएको पौडेलले जानकारी दिए ।

एउटा ट्रकका सामान औषधिको कच्चा पदार्थ भनेर अन्नपूर्ण टमिर्नललाई घोषणा गरेको थियो भने अर्को ट्रक ७२ घण्टे म्यादभन्दा बाहिर भएकोले आइतबार राति भन्सार परिसरमा आएको थियो । औषधिको कच्चा पदार्थ भनिएको ट्रक शंकास्पद देखिएपछि जाँचका लागि भन्सारले भनिरहदा संलग्नहरुले आइतबार गएको खाली ट्रकमा ती कपडा र जुता चप्पलका सामान व्यवस्थापन गर्दै गरेको अवस्थामा घटना बाहिरिएको हो ।

सामानको मूल्यांकन भइरहेको छ । अनुसन्धानको क्रममा केही व्यक्तिको नाम आएको छ भने केही संलग्नहरु विगतको घटनामा पनि सामेल भएको पाएपछि वारेन्ट नै जारी खोजीको काम भइरहेको भन्सार प्रमुख पौडेलले बताए ।

ती तस्करको विवरणसहित सीआईबीलाई अनुसन्धानका लागि पठाइएको उनले बताए । यसमा ठुलो गिरोहको संलग्नता रहेकोले यसलाई संगठित अपराधमा मुद्दा दर्ता गरेर सीआईबीलाई अनुसन्धानका लागि जिम्मा दिने तयारी रहेको पौडेलले जानकारी दिए ।

विगतको घटनाको कारबाही सम्बन्धमा १३ जनालाई अनुसन्धानपश्चात कारबाही गरिएको भन्सारले जानकारी दिएको छ । जसमध्ये चारजना धरौटीमा रिहा भएका छन् भने नौजना धरौटी रकम जम्मा गर्न नसक्दा थुनामै छन् । थप तीन जनाको नाममा पक्राउ पुर्जी जारी गरिएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो निर्णय दोस्रो मुलुकबाट व्यापार गर्ने जुनसुकै कम्पनीले अनिवार्य एलसी खोल्नुपर्ने भएपछि झन्झटिलो प्रक्रिया भन्दै साना व्यापारीहरूले तस्करको सहारा लिएको भन्सार प्रमुखको तर्क छ ।

अहिले सिजन पनि देशमा कपडाको माग बढ्दो र वैधानिक आयात झन्झटिलो भएकोले तस्करले ठाउँ पाएका उनले बताए । खुला सीमानाका कारण भन्सारमा चोरी तस्करी बढेको र नेपाली बजार सुकेको भन्दै सर्वसाधारणलाई १ सय रुपैयाँमाथिको सामानको भन्सार शुल्क लिइने गरेको छ ।

Previous Post

नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

१ अशोज २०८३,
अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
आर्थिक

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

१ अशोज २०८३,
घुम्रबराहीमा युवा समाजद्वारा जिम क्लब सञ्चालन, युवालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य
आवाज

घुम्रबराहीमा युवा समाजद्वारा जिम क्लब सञ्चालन, युवालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य

१ अशोज २०८३,
विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै
फिचर-ब्यानर

भोटेकोशी बाढीमा यातायात क्षेत्रका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

१ अशोज २०८३,
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
समाचार

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

१ अशोज २०८३,
व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता
समाचार

व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

१ अशोज २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In