• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    ३० हजार किमि उड्ने चराको सङ्कट

    ३० हजार किमि उड्ने चराको सङ्कट

    त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा

    वैज्ञानिक वन कार्यविधि खारेज भएपछि नीतिगत अन्यौलमा सुदूरपश्चिमका वन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    ३० हजार किमि उड्ने चराको सङ्कट

    ३० हजार किमि उड्ने चराको सङ्कट

    त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा

    वैज्ञानिक वन कार्यविधि खारेज भएपछि नीतिगत अन्यौलमा सुदूरपश्चिमका वन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नवलपुर–१ बाट चौथोपटक चुनावी प्रतिस्पर्धामा कोइराला

by
१७ कार्तिक २०७९,
0
नवलपुर–१ बाट चौथोपटक चुनावी प्रतिस्पर्धामा कोइराला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपुर। राज्य पुनःसंरचनासँगै सिङ्गो नवलपरासी दुई जिल्लामा विभाजन भयो । जिल्ला टुक्रिएसँगै जिल्लाको पूर्वी भाग नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गण्डकी प्रदेशमा र पश्चिमी भाग नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) लुम्बिनी प्रदेशमा राखियो ।

पुनःसंरचनासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा सम्पूर्ण संरचना नयाँ निर्माण भए । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको जिल्लालाई दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विभाजन गरियो । नवलपुरको बौदीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका, गैँडाकोट नगरपालिका, देवचुली नगरपालिकाका सबै क्षेत्र र कावासोती नगरपालिकाका ११ वटा वडा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा समेटिएका छन् ।

विसं २०४८ देखि नेपाली कांग्रेसले जित्दै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को क्षेत्र नम्बर १ बाट यसपटक पनि महामानव वीपी कोइरालाका पुत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइराला चौथो पटक निर्वाचनमा होमिनुभएको छ । कोइराला यस क्षेत्रबाट संविधानसभा निर्वाचन २०६४, २०७० र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा भारी मतका साथ विजयी हुनुभएको थियो ।

चौथोपटक निर्वाचन जित्ने कसरतका साथ उम्मेदवार हुनुभएका डा कोइरालाको प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेलले उम्मेदवारी दिनुभएको छ । नवलपुर क्षेत्र नम्बर १ कांग्रेसको सुरक्षित निर्वाचन क्षेत्र र राष्ट्रिय राजनीतिमा प्रभाव पार्नसक्ने व्यक्ति भएकाले कोइरालाको विकल्प नभएको कांग्रेसको दाबी छ तर, देशव्यापी रुपमा नयाँ नेतृत्वको खोजी भइरहेको बेला र स्थानीय तह निर्वाचन २०७९ मा यस क्षेत्रमा पर्ने अधिकांश पालिकामा एमालेका उम्मेदवार विजयी भएकाले पौडेल विजयी हुने एमालेको दाबी छ ।

विसं २०६४ मा डा कोइरालाले १७ हजार ४३० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी तत्कालीन माओवादीका ठाकुरप्रसाद चापागाईं रहनुभएको थियो । एमाले तेस्रो स्थानमा रहेको थियो । विसं २०७० को निर्वाचनमा कोइराला १८ हजार दुई सय २८ मत ल्याएर दोस्रोपटक विजयी बन्नुभयो । कोइराला विजयी बन्दा एमाले उम्मेदवार दीपक अधिकारी क्षेत्रीले १२ हजार एक सय १० र माओवादीका धनप्रसाद सापकोटाले चार हजार तीन सय १७ मत प्राप्त गरेका थिए ।

त्यस्तै २०७४ सालको निर्वाचनमा कोइराला ३६ हजार छ सय ५२ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी तत्कालीन बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार तीन सय आठ मत प्राप्त गर्नुभएको थियो । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई हेर्दा कांग्रेसलाई केही सहज देखिन्छ ।

कांग्रेस महामन्त्रीसमेत रहिसक्नुभएका कोइराला १५ वर्षसम्म संसद्मा रहँदा आफ्नो क्षेत्रमा टुक्रे र वितरणमुखी योजनाका कामबाहेक विकासका माध्यमबाट परिवर्तन गर्न नसकेको आरोप खेप्दै आउनुभएको छ । अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनको दबदबा रहेका बेला जित निकाल्नुभएका डा कोइराला यसपटक गठबन्धन आफ्नो पक्षमा रहेकाले जित सहज भएको बताउनुहुन्छ । गठबन्धनले कोइरालालाई सहज बाटो बनाएको कांग्रेसका तर्फबाट गैँडाकोट नगरप्रमुखमा निर्वाचित मदनभक्त अधिकारी बताउनुहुन्छ ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन नवलपरासी–३ बाट संविधानसभा सदस्य बन्नुभएका एमाले उम्मेदवार कृष्णप्रसाद पौडेलले त्यो निर्वाचनमा कांग्रेस उम्मेदवार हालका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पराजित गर्नुभएको थियो । एमालेका पौडेल १४ हजार आठ सय चार मत ल्याएर विजयी हुँदा कांग्रेसका पोखरेलले १४ हजार चार सय ७९ मत प्राप्त गर्नुभएको थियो । सो क्षेत्र अहिले नवलपरासी पूर्वको क्षेत्र नम्बर २ मा पर्छ ।

विसं २०४८ यता कांग्रेसले जित्दै आएको नवलपुरको यो क्षेत्र विकासमा पछि परेकाले यो पटक एमालेको जित निश्चित भएको एमालेका तर्फबाट देवचुली नगरपालिका प्रमुख बन्नुभएका हरिप्रसाद न्यौपाने बताउनुहुन्छ । नवलपुरमा एमाले विभाजनको कम असर, बलियो सङ्गठन तथा लोकप्रिय र चिरपरिचित उम्मेदवार भएकाले निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने एमालेको दाबी छ ।

नवलपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा बौदीकालीका छ, बुलिङटारका छ, गैँडाकोटका १८, देवचुलीका १७ र कावासोतीका ११ गरी ५८ वडा रहेका छन् । गत स्थानीय तह निर्वाचनमा यस क्षेत्रको गैँडाकोट नगरपालिकामा प्रमुख र उपप्रमुख तथा बुलिङटार गाउँपालिका उपाध्यक्षबाहेक सबै पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष एमालेले जितेको छ । अन्ठाउन्न मध्ये ३० वडामा एमालेले वडाध्यक्ष जितेको छ भने कांग्रेसले २७ र माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेको छ ।

नवलपुर क्षेत्र नम्बर १ मा पर्ने ५८ वडामा एमालेका वडाध्यक्षले ४४ हजार सात सय ७७ मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षले ४४ हजार एक सय ८८ र माओवादी केन्द्रका वडाध्यक्षले एक हजार नौ सय आठ मत प्राप्त गरेका छन् । माओवादी केन्द्र र कांग्रेस सत्ता गठबन्धनमा रहेका कारण पनि माओवादीको वडाध्यक्षको मत कांग्रेसका उम्मेदवार कोइरालालाई आउने कांग्रेस नेताको दाबी छ ।

त्यसैगरी यस क्षेत्रमा एमालेका पालिका प्रमुख तथा अध्यक्षले प्राप्त गरेको मत ३४ हजार चार सय ४७ ९कावासोती नगरपालिकाको समेत जोड्दा ५३ हजार ५५० रहेको छ । त्यस्तै कांग्रेसका पालिका प्रमुख तथा अध्यक्षले प्राप्त गरेको मत ३५ हजार एक सय छ ९कावासोती नगरपालिकाको समेत जोड्दा ५३ हजार चार सय १०० रहेको छ ।

नवलपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ३१ हजार एक सय ८१ मतदाता रहेका छन् । यहाँ ६२ हजार पाँच सय ९६ पुरुष, ६८ हजार पाँच सय ८४ महिला र तेस्रो लिङ्गी एक मतदाताले ५७ मतदान स्थलका एक सय ५३ मतदान केन्द्रबाट मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिनुभयो ।

नवलपुर–१ मा प्रतिनिधिसभातर्फ कोइराला र पौडेलसहित १५ जनाले उम्मेदवारी मनोनयन गराएका छन् । पाँच स्वतन्त्रका साथै जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपालका लागि नेपाली पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसमेत चुनावी मैदानमा छन् । मुख्यतया कोइराला र पौडेलबीच नै चुनावी प्रतिस्पर्धा हुने बताइएको छ ।

Previous Post

हिमाली जिल्ला मनाङमा तीन राजनीतिक दलबीच प्रतिस्पर्धा

Next Post

अमेरिकासँग लडेका अफगान सेनालाई भर्ती गर्दै रुस

सम्बन्धित खबर

सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
३० हजार किमि उड्ने चराको सङ्कट
फिचर-ब्यानर

३० हजार किमि उड्ने चराको सङ्कट

९ चैत्र २०८२,
त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए
आर्थिक

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

९ चैत्र २०८२,
स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा
समाचार

वैज्ञानिक वन कार्यविधि खारेज भएपछि नीतिगत अन्यौलमा सुदूरपश्चिमका वन

९ चैत्र २०८२,
Load More
Next Post
अमेरिकासँग लडेका अफगान सेनालाई भर्ती गर्दै रुस

अमेरिकासँग लडेका अफगान सेनालाई भर्ती गर्दै रुस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In