• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

    पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

    पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

    पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

    भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

    भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    पोखरा विमानस्थलमा कम दृश्यतामै उडान हुने प्रणाली लागू गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बङ्गुरमा देखियो ‘अफ्रिकन स्वाइन फिभर’ रोग

by
१७ कार्तिक २०७९,
0
बङ्गुरमा देखियो ‘अफ्रिकन स्वाइन फिभर’ रोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – बङ्गुर र सुँगुरमा फैलिन थालेको ‘अफ्रिकन स्वाइन फिभर’ रोग कैलाली जिल्लामा पनि देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख डा। नरेशप्रसाद जोशीले जिल्लाको भजनी नगरपालिका–३ को बडिमालिका कृषि प्रवर्द्धन केन्द्र प्रा।लि।को फार्ममा पालिएको बङ्गुर मरेपछि गरिएको परीक्षणबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ पुष्टि भएको जानकारी दिए ।

“कार्यालयमा मरेको बङ्गुरको शव परीक्षण र र्‍यापिड टेस्ट कीटबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ भएको पुष्टि भएको छ”, उनले भने, “त्यसपछि थप परीक्षणका लागि नमूना सङ्कलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइँदा हिजो मात्रै अफ्रिकन स्वाइन फिभरको थप पुष्टि भएको हो ।”

यो रोगको सङ्क्रमणपछि सुँगुर तथा बङ्गुरमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छट्पटाउने, चाल धरमराउने, तुहिनेजस्ता लक्षण भई बथानमा एकसाथ ठूलो सङ्ख्यामा सुँगुर, बङ्गुर तथा बँदेल मर्ने गरेको बताइएको छ ।

यो रोग खासगरी रोगी बङ्गुर तथा त्यसका पाठापाठी वा मासु, रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै सर्ने हुँदा रोग छिटो फैलिन सक्ने बताइएको छ । यो रोगविरुद्ध हालसम्म कुनै खोपको उत्पादन नभई प्रभावकारी उपचारको व्यवस्थासमेत नभएको अवस्थामा सङ्क्रमण फैलिएमा एकसाथ ठूलो सङ्ख्यामा बङ्गुर तथा सुँगुर मर्न गई ठूलो क्षति पुग्न सक्ने पशु चिकित्सले बताएका छन् । यो रोग पशुपन्छीबाट मान्छेमा नसर्ने बताइएको छ ।

पशु रोग अन्वेषण प्रयोगशाला धनगढीले बङ्गुर तथा सुँगुरपालन व्यवसायीलाई खोर र फार्ममा जैविक सुरक्षाका विधिको अवलम्बन गर्न, खोरलाई नियमितरूपमा सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर, फर्मालिनजस्ता रसायन तथा सामग्रीको प्रयोग गरी निःसङ्क्रमण गर्न ध्यान दिनुपर्ने सल्लाह दिएको छ ।

यसैगरी रोगको शङ्का लागेका पशुलाई बथानबाट छुट्याएर अलग्गै राख्न, तिनको नमूना प्रयोगशालामा पठाउन र रोग प्रमाणित भएमा सो खोरमा रहेका पशुलाई नष्ट गर्न, मरेको पशुलाई खाडलमा गाड्नसमेत सल्लाह दिइएको छ । कार्यक्रममा पशुपन्छी विकास निर्देशनालयका निर्देशक डा। वसन्तबहादुर सिंह, पशु चिकित्सक डा हेमराज अवस्थीलगायतले रोगको रोकथामका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा कैलाली र कञ्चनपुरका विभिन्न पालिकाका पशु सेवा शाखाका अधिकृत, बङ्गुर तथा सुँगुरपालन व्यवसाय गरिरहेका किसानलगायत सहभागी थिए । विसं २०७८ चैतमा नेपालका केही जिल्लामा देखिएको यो रोग सुदूरपश्चिम प्रदेशमा भने पहिलोपटक देखिएको हो । एक तथ्याङ्कअनुसार यो रोगका कारण अहिलेसम्म देशका विभिन्न क्षेत्रमा २५ हजारभन्दा बढी बङ्गुर तथा सुँगुर मरेको जनाइएको छ ।

खासगरी धेरै युवा बङ्गुर तथा सुँगुरपालनमा आकर्षित भएर अर्थोपार्जन गरिरहेको अवस्थामा रोग फैलिएमा ठूलो आर्थिक क्षति हुनसक्ने चिकित्सकको भनाइ छ ।

Previous Post

निर्वाचनलगत्तै शिक्षक विज्ञापन खोल्ने तयारी

Next Post

बीस लिटर भनेको जारमा उन्नाइस लिटर मात्रै

सम्बन्धित खबर

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण
अन्तर्राष्ट्रिय

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

३० अशोज २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

३० अशोज २०८३,
पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’
समाचार

पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

३० अशोज २०८३,
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
समाचार

पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

३० अशोज २०८३,
भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा
समाचार

भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

३० अशोज २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
फिचर-ब्यानर

पोखरा विमानस्थलमा कम दृश्यतामै उडान हुने प्रणाली लागू गरिँदै

३० अशोज २०८३,
Load More
Next Post
बीस लिटर भनेको जारमा उन्नाइस लिटर मात्रै

बीस लिटर भनेको जारमा उन्नाइस लिटर मात्रै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In