१. एसिया महादेशको सबैभन्दा ठूलो मरुभूमि कुन हो ?
– अरेबियन मरुभूमि ।
२. मरुभूमि नभएको महादेश कुन हो ?
– युरोप ।
३. एशिया महादेशको सबैभन्दा बढी देशसँग सिमाना जोडिएको देश कुन हो ?
– चीन ।
४. एसियाको सबैभन्दा लामो नदी कुन हो ?
– याङ्जे ।
५. अफ्रिका महादेशको सबैभन्दा लामो पर्वत श्रृङ्खला कुन हो ?
– एटलस ।
६. ‘होक्काइडो’, ‘होन्सु’ ‘शिकोकु’ र ‘क्युसु’ कुन देशका प्रमुख टापुहरु हुन् ?
– जापान ।
७. २०० से.मि. भन्दा बढी वर्षा हुने क्षेत्रमा कस्तो जङ्गल पाइन्छ ?
– सदावहार जङ्गल ।
८. ‘सियाम’ कुन एशियाली देशको पुरानो नाम हो ?
– थाइल्याण्ड ।
९. उच्च प्रदेशीय चक्रवातलाई हिन्द महासागरमा के भनिन्छ ?
– आँधी ।
१०. विश्वको सबैभन्दा उच्च स्थानमा रहेको राजधानी सहर कुन हो ?
– बोलिभियाको लापाज ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













