१. जसरी चिकित्साशास्त्र रोगीको उपचारको लागि हो, त्यसरी नै जीवन ठीकसँग जिउनको लागि हो । सरी चिकित्साशास्त्रको ज्ञानविना रोगीको उपचार गर्न सकिँदैन, त्यसैगरी जीवनको ज्ञानविना जीवन ठीकसँग जिउन सकिँदैन । जसरी चिकित्साशास्त्रको ज्ञान विना रोगीको उपचार गरी हिँडेमा उत्पात हुन जान्छ, त्यसरी नै जीवनको अवस्था आदिको ज्ञानविना व्यवहारादि गर्न थाल्यो भने आपद्विपद् आइपर्दछन् ।
२. दुःख बाँकी छ भने भोगेर सिद्ध्याउनुहोस् । यसलाई बाँकी राखेमा अर्काे जन्ममा भोग्नुपर्दछ । नभोगी सुखै छैन ।
३. संसारी जीवन सबभन्दा ठूलो शत्रु हो । भगवान् सबभन्दा ठूलो मित्र हो ।
४. सबै सत्य हृदयबाट आउँछ ।
५. सपनामा एउटा शरीर हुन्छ । शास्त्रले भनेको सूक्ष्म शरीर त्यही हो । यो अस्थायी छ । हामीले यो भन्दा माथिको महाचेतनालाई प्राप्त गर्नु छ । चेतना तीन किसिमको छ । १) सुषुप्ति अथवा गहिरो निद्राको चेतना २) सपनाको चेतना र ३) जाग्रत अवस्थाको चेतना । यी तीनै अवस्थाभन्दा माथि जानुपर्दछ । अनि प्रभुको दर्शन गर्न सकिन्छ ।
६. कसैसँग कुनै कुराको पनि आशा नगर्नुहोस् । यो नैतिक अनुशासन हो ।
७. जीवन हो— सधैँको समस्या, भगवान् एकमात्र उत्तर । त्यसकारण जीवन धारण गरेका बेलामा प्रभुको लागि साधना गर्नुहोस् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













