• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ग्रीसमा नेपालीले नै गरे नेपालीको अपहरण, पाकिस्तानीसँगको मिलेमतो

by
९ भदौ २०८०,
0
ग्रीसमा नेपालीले नै गरे नेपालीको अपहरण, पाकिस्तानीसँगको मिलेमतो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युरोपेली मुलुक ग्रीसमा नेपाली युवायुवतीलाई अपहरण गरी बन्धक बनाएर नेपालमा उनीहरूका परिवारसँग फिरौती रकम लिएको आरोपमा ४ जना नेपाली पक्राउ परेका छन्।

अपहरणकर्ता पाकिस्तानी रहेको खुलेको छ भने उनीसँगको मिलेमतोमा फिरौती माग्ने र लिने कार्यमा संलग्न ४ जना नेपाली पक्राउ परेका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई फरकफरक मितिमा विभिन्न स्थानबाट पक्राउ गरेको हो।

सीआईबीका अनुसार वैदेशिक रोजगारीमा दुवईमा रहेका नेपालीले युवायुवतीको परिवारसँग फिरौती माग गरी नेपालमा रहेका उनीहरूको समूहका सदस्यमार्फत फिरौती लिएको देखिएको छ।

पक्राउ पर्नेहरूमा धनकुटाको महालक्ष्मी नगरपालिका-५ का शिवराज कुँवर, काठमाडौंको तारकेश्वर नगरपालिका(५, कुमालटारका रामेश्वर अर्याल, कपिलवस्तुको शिवराज नगरपालिका-१ का प्रकाश बेलबासे र पर्वतको फलेवास नगरपालिका-१, शंखपोखरीका दिलबहादुर थापा छन्।

पक्राउ परेकामध्ये शिवराज कुँवर पीडितका आफन्तसँग फिरौती लिएका र रामेश्वर अर्याल फिरौतीको रकम लिन शिवराजसँग सम्पर्क गरेका व्यक्ति हुन्।

यस्तै प्रकाश बेलबासे दुवईबाट नेपालमा शिवराज कुँवरलाई फिरौती रकम लिन लगाएका तथा रामेश्वर अर्याललाई रकम दिनु भनेका व्यक्ति हुन्। दिलबहादुर थापा भने दुवईमा प्रकाश बेलबासेलाई रकम नेपालको रामेश्वर अर्याललाई दिनु भनी सम्पर्क नम्बर दिने व्यक्ति हुन्।

घटना विवरणअनुसार गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका-२ की सावित्रा थापा, उदयपुरको त्रियुगा नगरपालिका(३ का कृष्ण कार्की र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका(१ का राजन सत्याल एकसाथ नेपालबाट सिजनल भिसामा सर्बिया गएका थिए।

सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएपछि उनीहरू लुकीछिपी ग्रीस प्रवेश गरे।

सोही क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी र उनका सहयोगीसमेतले उनीहरूलाई अपहरण गरे।

अपहरणपछि डोरीले बाँधेर शारीरिक तथा मानसिक यातनासहित ज्यान मार्ने धम्की दिई पीडितहरूका नेपालमा रहेका परिवारसँग १५ हजार युरो फिरौती माग गरियो।

त्यसपछि पीडितका आफन्त सीआईबीमा पुगे। आफन्तबाट घटनाको जानकारीपछि सीआईबीले अनुसन्धान सुरू गरेको थियो।

अनुसन्धानका क्रममा उनीहरूले ग्रीस तथा दुवईबाट ह्वाट्सएपमार्फत सम्पर्क गरी पीडितका परिवारसँग २१ लाख ७५ हजार रूपैयाँ फिरौती लिएको खुलेको छ।

प्रहरीले फिरौतीको रकमसहित शिवराजलाई काठमाडौंको गौरीघाटबाट र रामेश्वरलाई तारकेश्वरबाट पक्राउ गरेको हो।

यस्तै वैदेशिक रोजगारीमाा दुवईमा रहेका प्रकाश बेलबासे र दिलबहादुर थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

अपहरणमा परेकाहरूको सकुशल उद्धार गरिएको तथा पक्राउ परेकाहरूविरूद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

मौसमः सातवटै प्रदेशमा पानी पर्ने, केही स्थानमा भारी वर्षा हुने

Next Post

कति छ शनिबारको विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
कति छ आइतबारको विदेशी मुद्राको विनिमय दर ?

कति छ शनिबारको विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In