• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
९ भदौ २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नसोधिकन, नचाहेसम्म ज्ञान, सेवा र भक्ति अमूल्य खजना कसैलाई दिन हुँदैन । सत्यमा जीवन राख्ने समग्र पृथ्वीमा थोरै मान्छे हुन सक्छन् । तीमध्ये अझै थोरैले कुरा बुझ्ने क्षमता राख्छन् । सत्य– दुर्लभ परन्तु अत्यन्त सरल छ  । संसारको अशान्ति, भ्रम अरू मूर्खता देख्न सक्ने मनुष्य मात्रै यस बाटोमा आउने साहस गर्छन् । मिथ्या त्याग्न सक्नुप¥यो । सन्तोष–वैराग–विवेक हुनुप¥यो । नम्रता, सजगता, सरलता चाहियो । यो सरलता कति किम्ती र अनमोल छ ? हाम्रै हृदयमा अकथनीय आनन्द छ ।
शिक्षाले, विज्ञानले अरू राजनीतिक, आर्थिक स्वतन्त्रताले अहिले मनुष्यलाई सत्यको बारेमा खोजको ठूलो मौका दिएको छ । जसले यो मौकाको लाभ उठाउँदैन, उसको जीवन खेर गयो ।
दान दिनुपर्छ किनभने पृथ्वी, जल, वायु, आकाश, वृक्षहरू, मातापिता, गुरु, देश, समाज, धर्म सबैले मलाई केही न केही दिएका छन् । कृतज्ञतामा, अहोभावमा, कर्तव्यमा, सज्जनतामा मैले पनि दिनुपर्छ । परन्तु थोरै दिएर धेरै पाइन्छ भन्ने स्वार्थबुद्धि, लोभ बुद्धि र व्यापारिक बुद्धिले दान दिँदा आनन्द हुँदैन साथै परमार्थ पनि सफल हुँदैन, तसर्थ हामीले भावना सुधार्नुप¥यो । कर्म त हामी जे गरिरहेका छौँ, ठीकै छ ।
त्यो मन जो भविष्यमा सबै राम्रो हुन्छ यस्तो सोच राख्छ, त्यो मनले वर्तमानमा तत्क्षणमै सन्तोष र त्याग प्राप्त गर्छ । सत्य क्षणदेखि क्षणमा हुन्छ, सञ्चय केवल स्मृतिको हुन्छ, स्मृतिद्वारा कहिल्यै सत्य प्राप्त हुँदैन । शरीरमा जसले रहँदा जीवन रहन्छ त्यही सत्य हो । क्षणदेखि क्षणमा सत्यको शाश्वत नूतनता प्रकट हुन्छ । शरीरमा जीवन हुँदा कल्पना उठ्छ । मिथ्या भनेको माने हुने नमाने नहुने हो । जो नाम, रूप बदलिँदा बदलिन्छ त्यो मिथ्या हो । स्वार्थ लोभ र डरले परिवर्तन ल्याउन सकिने सबै विचार मान्यता मिथ्या हुन् । सत्य र असत्यको सूक्ष्म विचार गर्नुपर्छ ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

जग्गा हत्याउन नक्कली आमा

Next Post

दरबन्दी भएकै ठाउँमा धमाधम कर्मचारी फिर्ता

सम्बन्धित खबर

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो
समाचार

बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

११ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

११ अशोज २०८३,
सप्तरीका ५०० घर डुबानमा
समाचार

सप्तरीका ५०० घर डुबानमा

११ अशोज २०८३,
Load More
Next Post
दरबन्दी भएकै ठाउँमा धमाधम कर्मचारी फिर्ता

दरबन्दी भएकै ठाउँमा धमाधम कर्मचारी फिर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In