एक दिन एक साइकल यात्री साइकल बाहिर राखेर चिया पिउन होटलमा पसेछ । चिया पिएर बाहिर आउँदा उसको साइकल त्यहाँबाट चोरी भएछ र ऊ धम्की दिँदै कराउन थालेछ— म फेरि चिया पिउन भित्र जाँदैछु । त्यति बेलासम्म जसले मेरो साइकल चोरेको हो, तुरुन्त ल्याऊ, होइन भने २०६३ सालमा यहाँ जे भएको थियो, त्यही घटना दोहोरिने छ ।
चिया पिएर बाहिर आउँदा उसको साइकल त्यही भेट्छ । जान लाग्दा त्यही साइकल चोरले सोधेछ— होइन बाबु, यहाँ २०६३ सालमा के घटना घटेको थियो र ?
साइकल यात्रीः के हुने नि, टन्टलापुर घाममा यहाँबाट म हिँडेर घर जानुपरेको थियो ।
तपाईं नेता हो ?
जेलमा दुई कैदीबीचको कुराकानी—
पहिलोः तिमी यहाँ किन आयौ ?
दोस्रोः कसैसँग झगडा भएको थियो त्यसैले । अनि तिमी नि ?
पहिलोः मैले मानिसलाई धोका दिए, करोडौँ यताउति गरे ।
दोस्रोः के तपाईं नेता हो ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













