• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

    चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

    चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

    आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

    आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान

    परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट

    परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

२९ करोडको होल्डिङ सेन्टर प्रयोगविहीन

by
७ भदौ २०८०,
0
२९ करोडको होल्डिङ सेन्टर प्रयोगविहीन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विराटनगर– १६ रानीमा निर्माण भएको होल्डिङ सेन्टर प्रयोगविहीन हुँदा राज्यको करोडौँको लगानी खेर जाने अवस्थामा पुगेको छ।

कोरोनाको दोस्रो लहरमा निर्माण गरिएको होल्डिङ सेन्टर कोरोना संक्रमण कम भएसँगै प्रयोगविहीनको अवस्थामा पुगेको हो। अब राज्यले यसलाई केका लागि प्रयोग गर्ने भन्ने ठोस निर्णय गर्न सकेको छैन।

एक हजार जनालाई एक पटकमा आवासीय सेवा दिने क्षमताको सो होल्डिङ सेन्टर ११ महिनाअघि निर्माण सम्पन्न भएको थियो।

कोरोना कहरको समयमा विद्यालय तथा कलेजमा क्वारेनटिन बनाउँदा चर्को आलोचना भएपछि सरकारले २०७८ वैशाख ५ गते मुलुकका विभिन्न आठ नाकामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो। जसअन्तर्गत रानीमा भने संघीय सरकारको २८ करोड ९१ लाख रुपैयाँ लागतमा सो सेन्टर बनाउने निर्णय भएपछि यसको जिम्मा नेपाली सेनालाई दिइएको थियो।

तत्कालीन समयमा स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय गरेर होल्डिङ सेन्टरको डिजाइन बनाइएको थियो। स्थानीय तह र जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर चलाउने गरी परिकल्पना गरिएको थियो। तर यसको सञ्चालनका लागि तत्काल कार्यविधि बनाउने भनिए पनि हालसम्म तयार हुन सकेको छैन।

नेपाली सेनामार्फत ठेक्का लिएको हनुमान कन्स्ट्रक्सनले २२ वटा भवन निर्माण पूरा गरी गत साउन १५ मा नेपाली सेनालाई जिम्मा लगाइसकेको छ। त्यसयता नेपाली सेनाले होल्डिङ सेन्टरको रेखदेख गर्दै आएको छ।

नेपाली सेनाको सूर्यदल गण थलाहाका प्रमुख सेनानी अमृत थापा मगरले ठेकेदारले गएको साउन १५ गते नेपाली सेनालाई होल्डिङ सेन्टर हस्तान्तरण गरेपछि तत्कालको सुरक्षाका लागि आफूहरूले जिम्मा लिएको बताउनुभयो। उहाँले होल्डिङ सेन्टर प्रयोगमा नआएको अवस्थामा तत्कालका लागि नेपाली सेनाले रेखदेखको काम मात्र गरिरहेको जानकारी दिनुभयो।

तत्कालीन समयमा निर्माण सुरु भएको होल्डिङ सेन्टर तयार भइसक्दा अहिले संक्रमित लगभग छैनन्। यो अवस्थामा सेन्टरलाई के प्रयोजनका निम्ति प्रयोग गर्ने भन्ने बारेमा तीनै तहका सरकारमा अन्यौलता छ। संघ, प्रदेश सरकार वा स्थानीय तहमध्ये कसले सञ्चालन र व्यवस्थापन गर्ने भन्ने टुंगो नलागेकाले समस्या भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले बताउनुभयो।

‘होल्डिङ सेन्टर तयारी अवस्थामा छ,’ सहायक प्रमुख जिल्ला अधिकारी शाहले भन्नुभयो, ‘अहिले नेपाली सेनाले रेखदेख गरे पनि अबका दिनमा कसले कसरी चलाउने भन्ने टुंगो लाग्न सकेको छैन।’

गत पुस महिनामा भारतबाट विराटनगरको रानी नाका हुँदै नेपाल आएका धेरैमा कोरोना पोजेटिभ देखिएको थियो। सो बेला होल्डिङ सेन्टर निर्माणको काम अधुरै रहेकाले नाकामा पोजेटिभ पुष्टि भएकाहरूलाई सीधै घर पठाउने गरिएको थियो।

होल्डिङ सेन्टरमा शौचालय, भान्सासहितको आवासीय घर साथै फार्मेसी र क्लिनिकलगायतका सुविधाहरू छन्। यस्तै प्रत्येक सेन्टरमा सय वटा अक्सिजन, पाइप लाइनसहितको स्पेसल युनिट राखिएको छ भने अन्यमा बेडसहित मेडिकल ट्रिटमेन्टको व्यवस्था छ।

Previous Post

विद्यार्थीले पाँच वर्षसम्ममा शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउन पाउने मन्त्रिपरिषदको निर्णय

Next Post

फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट पानी प्रवाह सुरु

सम्बन्धित खबर

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

१७ असार २०८३,
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
फिचर-ब्यानर

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

१७ असार २०८३,
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
फिचर-ब्यानर

आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

१७ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
अन्तर्राष्ट्रिय

येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान

१७ असार २०८३,
परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट

१७ असार २०८३,
Load More
Next Post
फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट पानी प्रवाह सुरु

फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट पानी प्रवाह सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In