• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान

    परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट

    परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट

    विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

    विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान

    परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट

    परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट

    विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

    विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बढ्दो छ फरक प्रकृतिका विपद्

by
७ भदौ २०८०,
0
तटीय बस्तीका तीन सय परिवार डुबानमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– नेपालमा पछिल्ला केही वर्षका घटनालाई मध्यनजर गर्ने हो भने फरक प्रकृतिका विपद् बढिरहेको देखिएको छ । यस क्षेत्रका विज्ञले पनि कल्पनै नगरेका विपद्जन्य घटनाले जनजीवन प्रभावित भइरहेको बताएका छन् । यस्ता घटना जलवायु परिवर्तनको असरका कारण भएको उनीहरूको भनाइ छ ।

जलवायु परिवर्तन विज्ञ ङमिन्द्र दाहालको भनाइमा पनि जलवायु परिवर्तनका कारण मौसम अदलीबदली डरलाग्दो हिसाबले भइरहेको छ । यसपाली कुनै एक ठाउँमा ठूलो पानी परेर तहसनहस बनाएका बेला अर्को ठाउँमा सुख्खा लागिरहेको छ ।

पानीको अभावमा यसपालि राम्ररी धान रोपाइँसमेत हुन सकेन । तर कुनै ठाउँमा वर्षाले ठूलो धनजनको क्षति भइरहेको छ । बजार, पुलपुलेसा नै बगाउने गरी बाढी र पहिरोका घटना निम्तिरहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल भेल बाढी कल्पनाभन्दा बाहिरका घटना बढ्दो क्रममा रहेको र यसले ठूलो क्षति पुर्‍याइरहेको बताउँछन् । तर विपद्जन्य घटनाको प्रकृति भने फेरिएको उनले बताए ।

त्यसको उदाहरणकैरुपमा भन्नुपर्दा केही वर्ष अघि आएको हेलम्बुको बाढी होस् या यसपालिको मनसुनको सुरुआतमा पूर्वी नेपालको हेवा खोलामा आएको बाढी वा अहिले भर्खरै मात्रै मुस्ताङको कागखोलामा आएको बाढी, यी फरक प्रकृतिका विपद्जन्य घटना हुन् । यी घटनाले माथिल्लो भेग अर्थात् हिमाली क्षेत्रमा पनि वर्षा बढेको देखाएको छ । कतिपय अवस्थामा पहाड खसेर बाढीमा मिसिएका कारण बाढीको रुप कम्पनाभन्दा माथि देखिएको छ ।

पहिलेपहिले बाढीले तराईमा बढी क्षति गराउँथ्यो । तर अहिले पहाडी तथा हिमाली भेगमा समेत बाढीले तहसनहस बनाइरहेको छ । तराईको डुबानको समस्या भने क्रमशः घटिरहेको छ । प्राधिकरणका कार्यकारी प्रमुख पोखरेल जलवायु परिवर्तनको असरले नै अकल्पनीय घटना भइरहेको बताउँछन् ।

दश दिनअघि मुस्ताङको कागखोलामा भीषण बाढी आयो । त्यसले एक अर्बको आर्थिक क्षति गराएको छ । २५ भन्दाबढी घरमा क्षति भएको छ । पूर्वसूचनाका कारण भने त्यहाँ मानवीय क्षति हुन पाएन । तर भौतिक क्षति भने रोक्न सकिएन । अझ भनौँ नसोचेको भौतिक क्षति भएको छ ।

यसपालीको मनसुन सुरु भएको दिन जेठ ३१ लगत्तै पूर्वी नेपालको सङ्खुवासभा, इलाम, पाँचथर, ताप्लेजुङमा भीषण वर्षा भयो । उक्त घटनामा छ जनाको मृत्यु भयो भने २५ जना बेपत्ता नै छन् । ठूलाठूला जलविद्युत् आयोजना, सडक पक्की पुल नै बाढीले बगाइदियो ।

दुई वर्षअघि २०७८ सालमा मनाङमा पनि त्यसैगरी बाढीले ठूलो क्षति गरायो । मनाङ, मुस्ताङ र मेलम्चीको विपद्जन्य घटना विश्लेषण गर्ने हो भने हिमाली क्षेत्रमा वर्षा भएर ठूलो क्षतिका घटना बढिरहेको छ । पहाडी क्षेत्रमा पनि त्यसैगरी तहसनहस बनाइरहेको छ ।

यस्ता गाउँ र सहर नै सोहोरेर लैजाने खालका विपद्जन्य घटना बढिरहेको पाइएको छ । यस्ता घटना जलवायु परिवर्तनका कारण भएको भन्दै पोखरेलले अब ती घटनाबारे विश्व समुदायलाई समेत जानकारी गराउने बेला आइसकेको बताउँछन् ।

वैशाख १ यता मात्रै दुई हजार पाँच सयभन्दा बढी विपद्का घटना भइसकेका छन् । ती घटनामा एक सय ५१ जनको मृत्यु र ३० जना बेपत्ता छन् । अधिकांश क्षति भने मनसुनका समयमा भएको प्राधिकरणका उपसचिव ध्रुवबहादुर खड्काले बताए । मौसमको पूर्वसूचना प्रणाली प्रभावकारी भए पनि क्षति रोक्ने प्रणाली भने प्रभावकारी देखिएको छैन ।

यस्ता घटना हुनै नदिनका लागि के गर्न सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको छ । यसका साथै प्रभावमा आधारित सूचना प्रणालीलाई अझै प्रभावकारी बनाउन जरुरी रहेको छ । जल तथा मौसम विज्ञान विभागले यसपालि औसतभन्दा कम पानी पर्ने आँकलन सार्वजनिक गरेको थियो ।

पानी कम परे पनि कुनै एक ठाउँमा एकैपटक धेरै पानी पर्ने अवस्था भने कायमै हुने विभागले बताएको थियो । सोही अनुमान झैँ निश्चित क्षेत्रमा बढीमात्रामा वर्षा भएर यसपालि क्षति गराएको छ । यसले पनि फरक खालका विपद्जन्य घटना निम्तिरहेको देखाउँछ ।

Previous Post

बारमा गोली चल्दा चार अमेरिकीको मृत्यु

Next Post

गण्डकीमा ९८ प्रतिशत घरमा बिजुली, उज्यालो प्रदेश घोषणा यसै वर्ष

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
अन्तर्राष्ट्रिय

येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान

१७ असार २०८३,
परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट

१७ असार २०८३,
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
आवाज

विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

१७ असार २०८३,
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित
खेलमैदान

विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

१७ असार २०८३,
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
आर्थिक

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१७ असार २०८३,
Load More
Next Post
विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा

गण्डकीमा ९८ प्रतिशत घरमा बिजुली, उज्यालो प्रदेश घोषणा यसै वर्ष

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In