• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकी भिसामा नेपालीलाई थप कडाइ, भेनेजुएला र क्युबाकै क्याटागोरीमा नेपाल

    अमेरिकी दूतावासद्वारा प्रहरीलाई ‘डिजिटल फरेन्सिक’ उपकरण हस्तान्तरण

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

    चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

    चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

    आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

    आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकीमा ९८ प्रतिशत घरमा बिजुली, उज्यालो प्रदेश घोषणा यसै वर्ष

by
७ भदौ २०८०,
0
विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी प्रदेशमा आधुनिक ऊर्जाको पहुँच विस्तार गरी प्रदेशलाई उज्यालो प्रदेश घोषणाका लागि सरकारले काम अघि बढाएको छ।

प्रदेशमा विद्युत्को पहुँच नपुगेका दुई हजार आठ सय ८४ घरधुरीमध्ये बागलुङको ढोरपाटन नगरपालिकाका तीन सय ९१ घरधुरीमा विद्युत् विस्तारको काम सुरु भएको छ।

बाँकी घरमा समेत यसै वर्षभित्र विस्तार गरिसक्ने ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको तयारी छ। ऊर्जा तथा जल स्रोतमन्त्री सरस्वती अर्याल तिवारीका अनुसार ढोरपाटन नगरपालिका–६ छेन्तुङका ती घरमा घरेलु सौर्य ऊर्जा जडान सुरुआत गरिएको र मङ्सिरभित्र बत्ती बल्नेछ। अहिलेसम्म करिब ९८ प्रतिशतको पहुँचमा बिजुली पुगेको बताइन्छ।

मन्त्रालयमा एक सय दिनमा भएका गरेका कार्यप्रगति आज सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्त्री अर्यालले नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा प्रदेशभर आधुनिक ऊर्जा विस्तार गरिने बताए।

उनले भने, ‘उज्यालो गण्डकी प्रदेश यथाशीघ्र घोषणाका लागि सङ्घ सरकारसँग समेत सहकार्य गरेका छौँ। विद्युत् प्राधिकरणको बिजुली विस्तार हुन सम्भव ठाउँसम्म बिजुली पुर्याउने छौँ, प्राधिकरणले विस्तार नगर्ने ठाउँमा हामी सोलार बत्ती भए पनि पुर्याउँछौँ।’

मन्त्रालयले पानीका लागि घण्टौँसम्म डोकोमा गाग्री बोक्नुपर्ने बाध्यता हटाइने जनाएको छ। एक गाग्री पानीका लागि बिहानभर पालो पर्खनुपर्ने बाध्यता हटाउनका लागि अभियानका रूपमा एक घर एक धारा कार्यक्रम सञ्चालन गरिने मन्त्री तिवारीले बताए।

मन्त्रालयले प्रदेशका ११ वटै जिल्लाका स्थानीय तहलाई परिपत्र गरी आफ्नो पालिकामा पानीको स्रोत अभावले समस्या भएका ठाउँको पठाउन आग्रह गरेको थियो। स्थानीय तहले पठाएका आधारमा डोकोमा गाग्री बोक्नुपर्ने बाध्यता हटाउनका लागि यस वर्ष बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।

‘पानीको अभाव भएका ठाउँमा यस वर्ष योजना दिएका छौँ’, मन्त्री तिवारीले भने, ‘जतिसक्दो छिटो आधारभूत खानेपानीको समस्या समाधान हुन्छ। डोकोमा गाग्री बोकेर अब हिँड्नुपर्दैन।’

चालु वर्षमा सिँचाइ तथा नदी नियन्त्रणतर्फ रु १० लाखभन्दा कम बजेट विनियोजन नगरिएको मन्त्री अर्यालले बताए। विगतका वर्षमा रु दुई लाखसम्मका योजनासमेत कार्यान्वयन गरिएको भन्दै उहाँले यस वर्ष त्यस्ता टुक्रे योजनालाई निरुत्साहित गरिएको जानकारी दिए।

मन्त्रालयले दुई सय ४० लिफ्टिङ आयोजनाका लागि रु दुई करोड अनुदान दिएको जनाएको छ। त्यसैगरी गत वर्ष १७ हजार तीन सय ४८ घरधुरीमा निजी धारा जडान गरिएको र ९० हजार दुई सय जनसङ्ख्या लाभान्वित भएका छन्।

ऊर्जा मन्त्रालयले गत वर्ष ८५ दशमलव ४४ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयका सचिव इन्जिनियर डा सन्तोष कैनीले बताए। उनका अनुसार गण्डकीका अन्य मन्त्रालयमध्ये धेरै वित्तीय प्रगति हासिल भएको छ।

Previous Post

बढ्दो छ फरक प्रकृतिका विपद्

Next Post

दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध

सम्बन्धित खबर

अमेरिकी भिसामा नेपालीलाई थप कडाइ, भेनेजुएला र क्युबाकै क्याटागोरीमा नेपाल
आर्थिक

अमेरिकी दूतावासद्वारा प्रहरीलाई ‘डिजिटल फरेन्सिक’ उपकरण हस्तान्तरण

१७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१७ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

१७ असार २०८३,
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
फिचर-ब्यानर

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

१७ असार २०८३,
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
फिचर-ब्यानर

आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

१७ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ असार २०८३,
Load More
Next Post
दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध

दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In