ग्राहकः साहुजी, जुत्ताको मोल कति हो ?
साहुजीः एघार सय ।
ग्राहकः यो तुनाको मोलचाहिँ कति नि ?
साहुजीः तुना त सित्तैमा हुन्छ ।
ग्राहकः त्यसो भए जुत्ता राख्नुहोस्, तुना मात्रै लैजान्छु ।
हाम फालेर
एउटा व्यक्ति आफ्नो एक हात मात्र भएकोले पिरले गर्दा हाम फालेर मर्न भनि ठूलो आकासे भवनको छतमा गएछ । हाम फाल्न आँट्दा उसले भुइँमा दुवै हात नभएको एउटा व्यक्ति उफ्रिदै कराउँदै नाचिरहेको देखेछ । भएन, कुरो बुझेर मात्रै मर्छु भनि ऊ तल ओर्लेछ ।
ए ! दाइ म एउटा हात नहुँदा त पिरले बाँच्न नसकेर मर्न खोज्दैछु तर तपाईंचाहिँ दुवै हात नहुँदा पनि उफ्रदै नाचिरहनु भएको छ, मैले त केही बुझ्न सकिनँ ।
दुवै हात नभएको व्यक्तिः नउफ्रिएर के गर्नु त यहाँ आफ्नो जीउ चिलाएर खपिनसक्नु भइरहेको छ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













