१. धर्म, अर्थ र काम सम्पन्न गर्नुभन्दा अगाडि कसैलाई बताउनु हुँदैन । काम सकिए पछि मात्र भेद खोल्नुपर्छ । यसो गर्दा आफ्नो योजना कसैले थाहा पाउँदैनन् ।
२. म यो जान्दछु कि विपरित परिस्थितिमा पन धैर्य धारण गर्नु, मनलाई संयममा राख्नु र सत्य धर्मको निरन्तर पालना गर्नु मानिसको कर्तव्य हो । यसो गर्दा मानिस आफ्नो मनमा लुकेको अज्ञान, अविद्या र संशयरुपी समस्त गाँठाहरु खोलिदिउन् र साथै शत्रु–मित्र दुवैसँग आत्मवत् व्यवहार गरुन् ।
३. बुद्धिमान मानिस त्यो हो जसले मन्त्रभेदका यी छ वटा द्वा चिन्दछ र आफ्नो धनसम्पत्ति र सुख चयनको कोषलाई सुरक्षित राख्ने उद्देश्यले तिनलाई सधैँ थुनेर राख्छ । मूर्खले अहङ्कार र लागू पदार्थको सेवनबाट आउने चित्तको जडता, निद्रा वा आलस्य, मूर्खता, इन्द्रियको विकार, दुष्ट मन्त्रिमा विश्वास र मूर्ख दूतहरुमा विश्वास गर्दछ ।
४. जो व्यक्ति पहिले घनिष्ठ मित्र थियो र जसले सबै भित्री कुरा जान्दछ, तर अब कुसङ्गतमा फँसेको छ र शत्रुसँग मिलेको छ, यस्ता व्यक्तिलाई तिरस्कार गर्नु हुँदैन । मलाई तिमीमाथि विश्वास छैन । यसो पनि भन्नु हुँदैन । बरु सावधानीपूर्वक ऊसँग टाढा रहनुपर्दछ ।
५. बुद्धिमान मानिसले विश्वासमा असमयमा कसैको घर जानु हुँदैन । रात्री बेलामा लुकेर चोकमा उभिनु हुँदैन, साथै जुन स्त्रीमाथि राजाको नजर परेको छ उसलाई पाउने प्रयत्न गर्नुहुँदैन ।
६. जो मानिसले अनीतिबाट नष्ट भएको धनलाई स्थिर बुद्धिद्वारा पुनः प्राप्त गर्ने इच्छा गर्दछ, उही वीर पुरुष झैँ आचरण गर्दछ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













