समस्या मनका कल्पनाले बनाएको हो । अन्यत्र कहीँ केही छैन, सबै पुस्तकहरूका कुराहरू मनुष्यका विचार मात्र हुन् । सङ्कल्प÷विकल्पको अभाव यथार्थ ज्ञानको अवस्था हो । यसै अवस्थामा नित्य नवीनता, प्रसन्नता र स्वतन्त्रता छ । स्वास्थ्य औषधी होइन, शब्दले जो बताइन्छ, त्यो शब्द त्यो तत्त्व होइन, कहीँ कहीँ सार छ भने देखाइदिनुहोस् ।
अनुकूल–प्रतिकूल चिताउनु मनको स्वभाव हो, मन लाग्यो भने–कहीं केही– समस्या छैन, मन लागेन भने जहां भए पनि दुविधा र समस्या आइरहन्छन् ।
मन किन लाग्दैन, त्यो कारण जान्नुपर्छ, जानेपछि कारणको त्याग गर्ने क्षमता चाहियो या फेरि धैर्यले सहनुप¥यो, त्याग र धैर्य दुवै नभए उद्वेग, निराशा उदासी र कलह रहनेछ ।
आपूm भनेको के हो ? आपूm भनेको म हो यो म कहिल्यै जन्मिँदैन, कहिल्यै मर्दैन । यो म जागृत, स्वप्न, सुषुप्तिमा एक रस रहेर सबैलाई चेतना, प्रकाश दिन्छ । देह र म (आत्मा, जीव–ईश्वर) का मध्यमा स्वतः स्मृतितत्त्व (चित्त अहं, मन, बुद्धि) को निर्माण हुन्छ । यो स्मृतितत्त्व कसरी बन्दछ र यसको कार्य गर्ने तरिका कसरी हो यो जान्नु स्वज्ञान (अहङ्कारको समग्र प्रक्रियाको ज्ञान) हो ।
स्मृतिको प्रथम तत्त्व ‘म छु म हुँ’ भन्ने अहङ्कार हो । यही अहङ्कारबाट चित्त स्फुलिङ्गा वृत्तिहरू इन्द्रिय माध्यमबाट बाहिर जान्छन् । वृत्तिको सम्पर्कबाट उत्पन्न अनुभवले सङ्कल्प विकल्प ल्याउँछ, त्यही मन हो, द्विविधाको असुविधाबाट बँच्न अन्तस्करणले गरेको प्रयत्न, निश्चय बुद्धि हो, जसले एकको चयन गर्छ । यो सबै तरिका कसको प्रकाशमा भएको छ ? त्यो हेर्नु सजगता हो । यो सजगताको मूल सत्त्व आफू हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













