काठमाडौं।गायिका श्री मोक्तानको स्वरमा रहेको ‘कोसेली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा असिम थापाको शब्द तथा संगीत रहेको छ ।
युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा योञ्जन, रोशन अधिकारी र बिनोद खड्का फिचर्ड छन् । महफुज हुसेनले छायाकन गरेको भिडियोलाई रोशन अधिकारीको सम्पादन र निर्देशनमा तयार पारिएको हो ।
अमेरिकामा निर्माण गरेको भिडियो स्टाइलिस्ट बनेको छ । भिडियो कोसेली स्टुडियोको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।













