• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्नेह केन्द्रमा आश्रय लिंदै भजनीका सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक

by
३० साउन २०८०,
0
स्नेह केन्द्रमा आश्रय लिंदै भजनीका सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । कैलाली जिल्लाको भजनीमा बाढीको जोखिममा रहेका गर्भवती, सुत्केरी र बच्चालाई स्नेह केन्द्रमा राखिएको छ । भजनी नगरपालिकाको स्नेह केन्द्रमा बाढी प्रभावित ४२ बसिरहेका छन् । बाढीले घर डुबानमा परेपछि गर्भवती, सुत्केरी, अपाङ्गगता भएका तथा ज्येष्ठ नागरिकलाई केन्द्रमा राखिएको हो । केन्द्रमा २१ बच्चा, पाँच गर्भवती, छ सुत्केरी, सात अन्य महिला, एक किशोर, एक किशोरी र एक जना ज्येष्ठ नागरिकलाई राखिएका छन् ।

भजनी–३ दैलेखीटोलकी लीला सुनार घरमा बाढी पसेपछि आठ महिनाकी छोरी लिएर स्नेह केन्द्रमा बसेकी छन् । यहाँ आएपछि उनलाई ढुक्क भएको छ । अब पानी घटेपछि घर फर्कने उनको तयारी छ । ‘घरमा अहिले पनि पानी बगिरहेको छ । बाढी पसेपछि छोरी लिएर कहाँ जानु चिन्तामा थिएँ’, उनले भनिन्, ‘नगरपालिकाले बच्चाका आमा र बच्चाका लागि सुरक्षित आवास छ भनेपछि यही आएँ । यहाँ आएपछि छोरीको पनि राम्रो स्याहार भएको छ ।’

लीला बच्चासहित स्नेह केन्द्रमा बसे पनि उनका परिवारका सदस्य भने पाल टाँगेर सडकमा बसिरहेका छन् । पालिका र सङ्घसंस्था मिलेर सञ्चालन गरिएको स्नेह केन्द्रमा बसेकाहरू बाढी घटेपछि घरमा बस्न मिल्ने वातावरण भएपछि घर फर्कने छन् ।

गर्भवती सपना सुनार पनि बाढी आएर घरमा बस्न नमिलेपछि सुरक्षित आवास गृहमा बस्न आएकी छन् । ‘घरमा बाढी पस्न थाल्यो, बाढीले बस्ती नै डुब्यो’, उनले भनिन्, ‘गर्भावस्थाकी म कहाँ भागौँ, सडकमा गएर कसरी बसौँ भन्ने पीर थियो । उपप्रमुखले स्नेह केन्द्रमा आउन भन्नुभयो । यहाँ आएपछि सहज भएको छ ।’

केन्द्रमा बसेका महिलाको स्वास्थ्य परीक्षण, नियमित योगाभ्यास र पोषणयुक्त खानेकुराको व्यवस्था नगरपालिकाले गरेको छ । बाढीले तनाव रहेकाहरूमा मनोसमस्या सिर्जना नहोस् भनी उनीहरूलाई खुशी राख्ने प्रयास गरिएको भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवा बताउँछन् । ‘यसरी स्नेह केन्द्रमा बसिरहेकालाई योग कक्षासहित, मनोरञ्जन, उपचार सेवा र खानपानको राम्रो व्यवस्था गरिएको छ’, उनी भन्छन्, ‘बाढीले सयौँ परिवार विस्थापित छन्, विस्थापितमध्ये महिला तथा बालबालिका बढी जोखिममा हुने भएकाले स्नेह केन्द्रमा बसोबासको व्यवस्था मिलाइएको छ ।’

विस्थापित अधिकांश उच्च भवन तथा हुलाकी सडकमा बसिरहेका छन् । सबैलाई यसैगरी पालिकाले राख्न सक्ने अवस्था नरहेको नगरपालिकाले जनाएको छ । यही साउन २२ गते आएको बाढीले भजनी नगरपालिकामा नौ सय ९९ परिवार विस्थापित भएका छन् । बाढीले दुई हजार तीन सय ४२ परिवार प्रभावित भएका छन् । विस्थापित केही पानी घटेपछि घर फर्किएका छन् ।

भजनीमा बाढीका कारण पूर्ण रूपमा २ घरमा क्षति भएको छ । त्यहाँ अहिले पनि १५ परिवार उच्च जोखिममा छन् । बाढीका कारण विस्थापित भएकाहरू हुलाकी सडकमा आश्रय लिएर बसिरहेका छन् । विस्थापितलाई पालिकाले खानपानका लागि खाद्यान्नलगायतका राहत उपलब्ध गराउन सुरु गरेको छ । भजनीमा बाढीले क्षति पुर्‍याउनुका साथै नागरिक विस्थापित भएपछि विभिन्न सङ्घसंस्थाले समेत राहतमा सहयोग गर्न थालेका छन् ।

Previous Post

रुसको पेट्रोल पम्पमा आगलागी, २७ जनाको मृत्यु

Next Post

बाग्नर समुहको प्रचार गर्ने दुइ रूसी पोल्याण्डमा पक्राउ

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
बाग्नर समुहको प्रचार गर्ने दुइ रूसी पोल्याण्डमा पक्राउ

बाग्नर समुहको प्रचार गर्ने दुइ रूसी पोल्याण्डमा पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In