मोटो मान्छेलाई अनेकौं रोगले सताउँछ । तौल बढिसकेपछि घटाउनका लागि धेरै मेहनत गर्नुपर्ने हुन्छ । स्वस्थ रहनका लागि स्लिम हुनु जरूरी हुन्छ ।
तौल घटाउनकै लागि कतिले जिम धाउँछन् भने कतिले डाइटिङ गर्छन् तर चिसो पानीले नुहाउँदा पनि तौल घट्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।
सेतो र खैरो गरेर शरीरमा दुई किसिमका बोसोहरू हुन्छन् । सेतो बोसो बढ्यो भने शरीर मोटाउँछ । चिसो पानीले नुहाउँदा रक्तसञ्चार बढाउँछ जसका कारण शरीरमा बढेको बोसो घट्छ ।
त्यस्तै गरेर चिसो पानीले नुहाउँदा तनाव कम हुनुको साथै यसले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । मानसिक रोग लागेका व्यक्तिलाई चिसो पानीले नुहाउँदा फाइदा पुग्छ ।













