• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भदौ ५ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै भगवती हाइड्रोपावर

by
२९ साउन २०८०,
0
सिक्लेस हाइड्रोको आईपीओ बुधबारदेखि खुला हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा असार २४ गतेदेखि साउन १४ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार २४ गतेदेखि साउन ७ गतेसम्म आईपीओ विक्री गरेको थियो । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १६ रूपैयाँ थप गरी प्रतिकित्ता ११६ रूपैयाँमा कम्पनीले आईपीओ विक्री गरेको हो ।

आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रूपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार ५०० रूपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ बाँडफाँट गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको शेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रूपैयाँ बराबरको ८५ हजार ८१० कित्ता शेयर बाँडफाँट गरिएको हो ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशत दरको १४ लाख ३० हजार १६२ कित्ता आईपीओ प्रिमियम सहितको मूल्यमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ६ गते अनुमति पाएको थियो ।

आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँटपछि बाँकी रहेको आईपीओमध्ये ४२ हजार ९०५ कित्तासामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको कम्पनीको भनाई छ । यी वाहेक पनि १७ हजार १६२ कित्ता आईपीओ कम्पनीका कर्मचारीहरूको लागि सुरिक्षत गरी ७ लाख १२ हजार २२० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

सर्वसाधारण लगानीकर्ताले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री अवधि छिटोमा भदौ ८ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ १९ गतेसम्म विक्री अवधि तोकिएको छ । तर पछिल्लो समय सर्वसाधारणमा जारी भएको आईपीओ पहिलो दिनमानै विक्दै आएको अवस्थालाई हेर्दा कम्पनीको आईपीओ छिटो अवधि भदौ ८ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनको लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपि त्रीपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले पोखरा महानगरपालिकाको विजयपुरा खोलाको पानी उपयोग गरी ४ दशमलव ५ मेगावाट क्षमताको विजयपुर–१ साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजनाबाट कम्नपीले २०६९ साल भदौ ५ गतेदेखि व्यापारिक उत्पादन सुरू गरेको छ । आयोजना निर्माणको कुल अनुमानित लागत ७९ करोड ६८ लाख २९ हजार रूपैयाा रहेको छ ।

हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ताभएको पूँजी ४२ करोड ९० लाख ४८ हजार ५०० रूपैयाँ रहेको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५७ करोड २० लाख ६४ लाख ७०० रूपैयाँ कायम हुनेछ । आर्थिक वर्ष ०७८र७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ८ करोड ७५ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । वास्तविक अवस्था अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रूपैयाँ ४१ पैसा छ भने प्रतिशेयर आम्दानी १९ रूपैयाँ २३ पैसा छ ।

Previous Post

कागबेनीका स्थानीय भन्छन्- ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौँ

Next Post

झोलुङ्गे पुलको जिल्लाले परिचित बागलुङमा पनि ‘फड्के’को बाध्यता

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
झोलुङ्गे पुलको जिल्लाले परिचित बागलुङमा पनि ‘फड्के’को बाध्यता

झोलुङ्गे पुलको जिल्लाले परिचित बागलुङमा पनि ‘फड्के’को बाध्यता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In