सुन्दैमा अचम्म लाग्छ, विरुवाहरु पनि कसरी हिँड्डुल गर्छन् होला ! अमेरिकाको पूर्वी तथा पश्चिमी भागमा पाइने ‘रिसर्रेक्सन प्लान्ट’ नामको विरुवा प्रशस्त पानी भएको ठाउँमा हुर्कने र बढ्ने गर्छ । यो विरुवा जब पानी अभाव हुन थाल्छ तब यसले जमिनबाट आफ्ना जराहरु उखेल्छ र सुक्न थाल्छ । सुकेपछि यो भकुण्डो आकारको हलुका डल्लो बन्छ तर धेरै समयसम्म मर्दैन ।
अनि बिस्तारै हावाको वेगद्वारा एक ठाउँबाट अर्कै ठाउँमा सर्छ । यसरी हावाको माध्यमबाट सर्ने क्रममा जुन ठाउँमा पानी हुन्छ, त्यहाँ यसले आफ्नो जरा हाल्छ र फेरि पुनर्जीवन प्राप्त गरी हुर्कन्छ, बढ्छ । यस्तो पानीको खोजिमा हिँडडुल गर्ने बुद्धिमान् विरुवा भएकैले यसलाई हिँड्ने बिरुवा भनिएको हो ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













