१. जो कमजोर हुन्छ ऊ सधैँ रीस गर्छ । हात्तीले कमिलासँग द्वेष गर्दैन । कमिलाले कमिलासँगै द्वेष गर्छ ।
२. भूल गर्नु मानिसको स्वभाव हो, गरिएको भूल स्वीकार गर्नु र त्यस्तै भूल पुनः नगर्ने प्रयास गर्नु शूरवीर हुनाको प्रतीक हो ।
३. हृदयको साँचो प्रार्थनाले हामीलाई हाम्रो कर्तव्यको ज्ञान हुन्छ । अन्त्यमा कर्तव्य पालन गर्नु नै प्रार्थना बन्न थाल्दछ ।
४. हामी औषधीले अनुशासन सिक्न सक्दैनौँ ।
५. कष्ट सहनाले नै अनुभव प्राप्त हुन्छ ।
६. जसरी त्यान्द्रोले हावाको दिशा बताउँछ, त्यसरी नै ससाना घटनाले पनि मानिसको हृदयको शक्तिलाई बताउँछन् ।
७. संयमहीन नारी वा पुरुषलाई गए गुज्रेको सम्झनु ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













