एउटी शेल्स गर्लले मालिक समक्ष राजीनामा दिइछन् ।
मालिकः तर तिमी आफ्नो जागिर किन छोड्दैछौ ?
शेल्स गर्लः सर, ममा अब पहिलेको जस्तो सुन्दरता रहेन ।
मालिकः तर यो कुरा तिमीले कसरी थाहा पायौ ?
शेल्स गर्लः आजकाल मानिसहरु बिल चुक्ता गरेर खुद्रा पनि गनेर लिएर जान्छन् ।
सुकुटी
तिम्रो नाम के हो भाइ ?
ढोका ।
(हाँस्दै) के हो त्यो ढोका भनेको ? बरु झ्याल, खट्प्वाल राख्नु नि !
ढोलक काजीको सर्ट फर्म क्या ! तपाईंको नाम चाहिँ के हो नि ?
सुकुटी । (हाँस्दै) बरु मःम, समोसा, छोइला राख्नु नि ! के हो यो सुकुटी भनेको ?
सुरेन्द्रकुमार थापा क्या ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













